6 months ago
August 7, 2024
एजेन्सी – घरेलु टोली श्रीलंका र भारतबीचको ३ खेलको ओडिआई सिरिजको तेस्रो तथा निर्णायक खेल आज (बुधबार) हुँदैछ ।
खेल श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ ।
श्रीलंका तेस्रो खेल जित्दै २७ वर्षपछि भारतसँगको ओडिआई सिरिज जित्ने लक्ष्यमा छ । सन् १९९७ मा भारतविरुद्ध श्रीलंकाले ४ खेलको ओडिआई सिरिजमा ३-० को जित निकालेको थियो । त्यसपछि भारतले श्रीलंकाविरुद्ध लगातार ११ ओडिआई सिरिज जितिसकेको छ ।
दुई टोलीबीचको पहिलो खेल बराबरीमा सकिदा दोस्रो खेल श्रीलंकाले जितेको थियो । भारत यो खेल जितेमा श्रीलंकाविरुद्ध १ सय खेल जित्नेछ ।
दुई देशबीच हालसम्म १ सय ७० खेल हुँदा भारतले ९९ खेल जितेको छ । श्रीलंकाको पक्षमा ५८ खेल गएको छ । २ खेल टाई हुँदा ११ खेल अनिर्णित भएका छन् ।
February 2, 2025
काठमाडौं(हाम्रो खेलकुद) – दक्षिण अफ्रिकालाई हराउँदै भारत लगातार दोस्रो पटक आइसिसी यु-१९ महिला टि ट्वान्टी विश्व कपको च्याम्पियन बनेको छ । आइतबार मलेसियाको बायोमास ओभलमा सम्पन्न फाइनलमा दक्षिण अफ्रिकामाथि भारतले ९ विकेटको सहज जित निकालेको हो । दक्षिण अफ्रिकाले दिएको ८३ रनको सामान्य लक्ष्य भारतले ११.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । भारतका लागि […]
February 2, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ग्रेट हिमालय क्रिकेट एकेडेमीले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटमा लगातार दोस्रो जित निकालेको छ । दोस्रो खेलमा आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा ग्रेट हिमालयले एन्जल्स स्पोर्टस् एकेडेमीलाई ६४ रनको फराकिलो अन्तरले पराजित गर्यो । पहिलो खेलमा ग्रेट हिमालयले हिमालयन क्रिकेट एकेडेमी ‘ए’ लाई हराएको थियो । ग्रेट हिमालयले दिएको […]
February 2, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा धनगढी क्रिकेट एकेडेमी(डिसिए) ले पहिलो जित हात पारेको छ । दोस्रो खेलमा पहिलो जित हात पार्ने क्रममा डिसिएले सुर्खेतको घोडाघोडी-११ लाई ६९ रनले पराजित गर्यो । डिसिएले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको घोडाघोडी १६.५ ओभरमा ८० रनमा समेटियो । घोडाघोडीका लागि टेक रावतले १८ […]