7 months ago
August 6, 2024
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले यसै वर्षको अन्त्यमा हुने महिला टि ट्वान्टी विश्वकपलाई बंगलादेशबाहिर सार्न परेमा युएई, भारत र श्रीलंकालाई वैकल्पिक आयोजना स्थलको सूचीमा राखेको छ ।
बंगलादेशमा पछिल्ला केही हप्तादेखि सरकार विरोधी आन्दोलन भइरहेको छ। जसका कारण कैयौँको मृत्यु भएको छ ।
सोमबार प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारत प्रस्थान गरेकी थिइन् । भने, सेना प्रमुख जनरल वाकर–उज–जमानले अन्तरिम सरकार गठनका लागि कार्यभार सम्हालेका छन् ।
बंगलादेशका पूर्वकप्तान मशरफे मुर्तजाको ढाकाबाट करिब १सय ५० किलोमिटर टाढा नराइलमा रहेको निवास पनि प्रदर्शनकारीले आगो लगाएर नष्ट गरेका छन् । जो हाल सांसद समेत रहेका छन् ।
आगामी अक्टोबर ३ देखि २० तारिखसम्म आयोजना हुने तय भएको विश्वकपको आइसिसीले अनौपचारिक रुपमा वैकल्पिक आयोजना स्थानको टुङ्गो लगाएको हो ।
आइसिसीका अनुसार बंगलादेशको अवस्थाको अनुगमन भइरहेको र सबै विकल्प खुला राखिएको छ ।
आईसीसीले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आईसीसीले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी), तिनका सुरक्षा निकाय र हाम्रा आफ्नै स्वतन्त्र सुरक्षा परामर्शदातासँग समन्वय गरेर घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ । हाम्रो प्राथमिकता सबै सहभागीहरूको सुरक्षा र कल्याण हो।’
सोमबारको घटनाक्रमपछि अस्ट्रेलिया, इंग्ल्यान्ड र भारत सरकारले आफ्ना नागरिकलाई बंगलादेश भ्रमण नगर्न ट्राभल एडभाइजरी जारी गरेका छन् । भारत र श्रीलंका छोटो समयमा प्रतियोगिता आयोजना गर्न सक्षम भए पनि केही प्रश्न भने रहेका छन् । श्रीलंकामा अक्टोबरमा वर्षाको खतरा छ । भने, भारतसँग पाकिस्तानी टोलीका लागि भिसाको विषय बाधक बन्न सक्छ ।
बंगलादेशको सिनियर टोली अगस्ट १७ मा पाकिस्तान प्रस्थान गर्नेछ । पीसीबीले बीसीबीलाई बंगलादेशको टेस्ट टोलीलाई पहिले नै पाकिस्तान पठाउन सुझाव दिएको छ ताकि उनीहरूले अगस्ट २१ देखि सुरु हुने टेस्ट शृङ्खलाअघि रावलपिण्डीमा प्रशिक्षण र अभ्यास गर्न सकुन्। बीसीबीले अहिलेसम्म पीसीबीलाई कुनै प्रतिक्रिया दिएको छैन ।
पछिल्लो पटक आइसिसीले सन् २०२१ मा कोभिड–१९ महामारीका कारण पुरुष टि ट्वान्टी विश्वकप भारतबाहिर युएई र ओमानमा सारेको थियो ।
March 4, 2025
एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]
March 4, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]