default_image

7 months ago

August 2, 2024

भारतले श्रीलंकाबाट पायो मध्यम लक्ष्य

1117 views

0 Bookmark

एजेन्सी – श्रीलंकाविरुद्धको ५ खेलको ओडिआई सिरिजको पहिलो खेलमा पाहुना टोली भारतले मध्यम लक्ष्य पाएको छ ।

भारतले घरेलु टोलीबाट जितका‌ लागि २ सय ३१ रनको मध्यम लक्ष्य पाएको छ । श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३० रन बनायो ।

श्रीलंकाका लागि पथुम निशंका र दुनिथ विलालागेले अर्धशतकीय ईनिङ खेले । विलालागेले ६५ बलमा ७ चौका र २ छक्काको सहयोगमा नटआउट सर्वाधिक ६७ रन बनाए ।

निशंकाले ७५ बलमा ९ चौकाको सहयोगमा ५६ बनाए । वानिन्दु हसरंगाले ३५ बलमा २४, जानिथा लियानयेजले २०, अखिला धनन्जयले १७ रन जोडे ।

भारतका लागि अक्षर पटेल र अर्शदिप सिंहले समान २ तथा मोहम्मद सिराज, शिभम दुवे, कुलदिप यादव, वासिङ्टन सुन्दरले समान १ विकेट लिए ।

March 4, 2025

भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]

March 4, 2025

नेपाल र अफगानिस्तानबिच वाइओडिआई सिरिज हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]

March 4, 2025

अष्ट्रेलियाद्वारा भारतलाई सामान्य लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो‌। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]

Success

Thank you for your time.