default_image

6 months ago

August 1, 2024

पाथिराना र मधुशंकाले भारतविरुद्धको सिरिज गुमाउने

455 views

0 Bookmark

एजेन्सी – श्रीलंकाका तीव्र गतिका थप २ बलर भारतविरुद्धको एकदिवसीय सिरिजबाट बाहिरिएका छन् ।

तीव्र गतिका बलरद्वय माथिशा पाथिराना र दिलशान मधुशंकाले सिरिज गुमाउने भएका हुन् । पाथिरानाको काँध र मधुशंकाको ह्यामस्ट्रिङमा चोट लागेको छ।

श्रीलंकाको टोलीमा बिरामी परेका दुष्मन्था चमिरा र औंला भाँचिएका नुवान तुषारा पनि छैनन् । यी दुवै खेलाडीले टि ट्वान्टी आईमा पनि थिएनन् ।

उनीहरुको स्थानमा दायाँ हाते तीव्र गतिका बलर मोहम्मद शिराजलाई र दायाँ हाते तीव्र गतिका बलर इशान मालिंगालाई टोलीमा समावेश गरिएको छ । टोलीमा समावेश दुवै खेलाडी अनक्याप्ड छन् ।

भारतसँगको ३ खेलको ओडिआई सिरिज शुक्रबारबाट सुरुआत हुदैछ ।

February 3, 2025

थाइल्याण्डको लगातार तेस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक सिरिजको अन्तर्गत थाइल्याण्डले लगातार तेस्रो जित हासिल गरेको छ । आइतवार सिरिजमा लगातार तेस्रो जित निकाल्ने क्रममा थाइल्याण्डले नेदरल्याण्ड्सलाई १७ रनको जित हात पारेको हो । थाइल्याण्डले दिएको ८७ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १५.५ ओभरमा ६९ रनमा अल आउट भयो । नेदरल्याण्ड्सका लागि कप्तान बाबेटी डि लिडेले सर्वाधिक २५ […]

February 3, 2025

अर्जुन ट्रफी – डडेलधुराको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा फ्रेन्ड्स युथ क्लब डडेलधुराले लगातार दोस्रो जित हात पारेको छ । सोमवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा डडेधुराले झापाको बोस्टन एकेडेमीलाई ७७ रनको फराकिलो अन्तरले पराजित गरेको हो । हुस्सुका कारण ढिला सुरु भएको खेल १५ ओभरमा छोट्याइएको थियो । डडेलधुराले दिएको […]

February 3, 2025

नेदरल्याण्ड्सविरुद्ध थाइल्याण्ड सस्तैमा समेटियो

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक सिरिजको अन्तर्गत आफ्नो तेस्रो खेलमा थाइल्याण्ड नेदरल्याण्ड्सविरुद्ध सस्तैमा समेटिएको छ । जारी खेलमा थाल्याण्डले नेदरल्याण्ड्सलाई ८७ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्याण्डले निर्धारित २० ओभरको १ बल रहँदै अल आउट हुदै ८६ रनमा समेटियो । थाइल्याण्डका लागि चानिदा सुत्थीरुआंगले सर्वाधिक २७ […]

Success

Thank you for your time.