default_image

7 months ago

July 31, 2024

रोहित सम्मिलित टोरोन्टोको अर्को हार

2038 views

0 Bookmark

एजेन्सी – क्यानडा टि ट्वान्टी लिगमा नेपाली कप्तान रोहित कुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स लगातार दोस्रो खेलमा पराजित भएको छ ।

क्यानडामा मंगलबार भएको खेलमा बंग्ला टाइगर्ससँग टोरोन्टो नेसनल्स २ रनले पराजित भएको हो । टाईगर्सले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नेसनल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६६ रन मात्र बनाउन सक्यो ।

टोरोन्टोका लागि निकोलस किर्तनले ५४ बलमा सर्वाधिक ७४ रन बनाए । रोमारियो शेफर्डले अविजित २४, कप्तान कोलिन मुनरो र रोस्टन चेसले समान १७ रन जोडे ।

बंग्लाका लागि अलि खानले २ तथा डिबिड विजे, सरिफुल स्लाम, साकिब अल हसन र इफ्तिखार अहमदले समान १ विकेट लिए । रोहित भने यो खेलमा बेन्चमा थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंग्लाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६८ रन बनायो । बंग्लाका लागि लागि डेबिड विजेले १७ बलमा अविजित रुपमा सर्वाधिक ३८ रन बनाए ।

ओपनर मोहम्मद वासिमले १८ बलमा २७, कप्तान साकिब अल हसन र ओपनर रहमानउल्लाह गुर्बाजले समान २४ रन बनाए ।

टोरोन्टोका लागि रोमारियो शेफर्ड र साद विन जाफरले समान २ तथा मोहम्मद नवाज, मोहम्मद रोहिद र जुनैद सिद्धिकीले समान १ विकेट लिए ।

लगातार दोस्रो हार ब्यहोरेको टोरोन्टो ४ अंकका साथ दोस्रो स्थानमा कायमै छ ।

March 4, 2025

भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]

March 4, 2025

नेपाल र अफगानिस्तानबिच वाइओडिआई सिरिज हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]

March 4, 2025

अष्ट्रेलियाद्वारा भारतलाई सामान्य लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो‌। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]

Success

Thank you for your time.