3 months ago
July 30, 2024
एजेन्सी – क्यानडामा जारी ग्लोबल टी-२० लिगमा नेपाली कप्तान रोहित कुमार पौडेल आबद्ध टोरोन्टो नेसनलले पहिले बलिङ गर्दैछ ।
टोरोन्टोका कप्तान कोलिन मुनरोले बंग्ला टाईगर्सविरुद्ध टस जितेर बलिङ रोजेका हुन् । टाईगर्सविरुद्धको खेलमा रोहित भने बेन्चमा रहेका छन् ।
टोरोन्टोले पहिलो र दोस्रो खेलमा जित निकाल्दा तेस्रो खेलमा पराजित भएको थियो । सोमबार बिहान भएको खेलमा टोरोन्टो सर्रे ज्याकवार्ससँग ८० रनले पराजित भएको थियो । सर्रेविरुद्धको खेलमा रोहितले २५ बलमा १० रन मात्र बनाएका थिए ।
६ टोली सहभागी लिगमा टोरोन्टो दोस्रो स्थानमा छ । २ खेलमा २ अंकका साथ टाइगर्स पुछारबाट दोस्रो स्थानमा छ ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]