default_image

7 months ago

July 30, 2024

एसिया कप अर्को वर्ष भारतमा हुने

2718 views

0 Bookmark

एजेन्सी – अर्को संस्करणको पुरुष एसिया कप भारतमा आयोजना हुने भएको छ । एसिया कप अर्को वर्ष (सन् २०२५) हुनेछ।

एसियाली क्रिकेट परिषद् (एसिसी) का अनुसार २०२६ मा भारतमा आयोजना हुने टि ट्वान्टी विश्वकपको तयारी स्वरुप एसिया कप आयोजना हुनेछ ।

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले गत वर्ष ‘हाइब्रिड मोडल’मा एसिया कप आयोजना गरिएको थियो । भारतले पाकिस्तानको भ्रमण गर्न अस्वीकार गरेपछि एसिया कपका श्रीलंकामा पनि आयोजना भएको थियो।

२०२७ को एसिया कप बंगलादेशमा एकदिवसीय ढाँचामा आयोजना हुनेछ । सोही वर्ष ५० ओभरको विश्वकप आयोजना हुनेछ ।

२०२७ मा भारतमा आयोजना हुने टि ट्वान्टी एसिया कप र २०२७ मा बंगलादेशमा हुने ५० ओभरको महादेशीय प्रतियोगितामा १३–१३ खेल हुनेछन् ।

भारत एसिया कपको डिफेन्डिङ च्याम्पियन हो । भारतले प्रतियोगिताको पछिल्ला चार संस्करणमध्ये तीनमा जितेको‌ थियो । श्रीलंकालाई १० विकेटले हराएर भारतले पछिल्लो संस्करण जितेको थियो।

March 4, 2025

भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]

March 4, 2025

नेपाल र अफगानिस्तानबिच वाइओडिआई सिरिज हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]

March 4, 2025

अष्ट्रेलियाद्वारा भारतलाई सामान्य लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो‌। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]

Success

Thank you for your time.