default_image

7 months ago

July 29, 2024

वासिङ्टन फ्रिडमले जित्यो मेजर लिग क्रिकेट

740 views

0 Bookmark

एजेन्सी – सन फ्रान्सिस्को युनिकर्नलाई पराजित गर्दै वासिङ्टन फ्रिडमले दोस्रो संस्करणको मेजर लिग क्रिकेट (एमसिएल) जितेको छ ।

अमेरिकाको डालसमा सोमबार बिहान भएको फाइनलमा वासिङ्टनले ९६ रनको फराकिलो जित हात पार्दै उपाधि जितेको हो ।

वासिङ्टनले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको सन फ्रान्सिस्कोले १६ ओभरमा अल आउट हुदै १ सय ११ रन मात्र बनायो ।

सन फ्रान्सिस्कोका लागि कर्माल रुक्सले १९ बलमा सर्वाधिक २० रन बनाए । जोस इंग्ल्सिले १८, फिना एलेन, सन्जय कृष्णमुर्ती र प्याट कमिसले समान १३ रन जोडे ।

वासिङ्टनका लागि मार्को यानसन र रचिन रविन्द्रले समान ३, एन्ड्रु टायले २ तथा सौरभ नेत्राभाल्कर र ग्लेन म्याक्वेलले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वासिङ्टन फ्रिडमले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो ।

वासिङ्टनका लागि कप्तान स्टिभ स्मिथले ५२ बलमा ७ चौका र ६ छक्काको सहयोगमा सर्वाधिक ८८ रन बनाए ।

ग्लेन म्याक्सवेलले २२ बलमा ४० रन बनाउँदा आन्र्देश गौसले १४ बलमा २१ रन थपे । मुख्तार अहमदले अविजित १९, ओबस पिनारले १३ र ट्राभिस हेडले ९ रन बनाए ।

सन फ्रान्सिस्कोका लागि प्याट कमिन्सले २, हसन खान, हरिस रउफ समान १ विकेट लिएका थिए ।

वासिङ्टनले पहिलो पटक लिग जितेको हो । पहिलो संस्करणमा एमआई न्युयोर्क च्याम्पियन भएको थियो ।

March 4, 2025

भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]

March 4, 2025

नेपाल र अफगानिस्तानबिच वाइओडिआई सिरिज हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]

March 4, 2025

अष्ट्रेलियाद्वारा भारतलाई सामान्य लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो‌। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]

Success

Thank you for your time.