default_image

7 months ago

July 29, 2024

पूर्व फुटबलर राईको निधन

758 views

0 Bookmark

हिमाल खरेल,बिर्तामोड

पूर्व राष्ट्रिय फुटबल खेलाडी गम्भीर राईको हृदयघातको कारण निधन भएको छ । भद्रपुर १० चन्द्रगढी बजार निवासी ५६ वर्षीय राईको उपचारको क्रममा निधन भएको हो ।

उनको बिएन्डसी अस्पताल बिर्तामोडमा आइतबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी केही दिनदेखि बिरामी थिए । उनी लामो समयदेखि मधुमेह रोगको औषधि सेवन गरिरहेका थिए ।

२०२५ साल फागुन ५ गते जन्मिएका राई १४ वर्षकै उमेरदेखि फुटबल खेलमा प्रवेश गरेका थिए । उनी यु १६, यु १९ र नेपाल युथ फुटबल टिमको सदस्य पनि थिए ।

उनी एनआरटी, जनकपुर चुरोट कारखाना र मनाङ मर्स्याङ्दीजस्ता चर्चित क्लबमा आबद्ध रही अन्तर्राष्ट्रिय खेलमा ३ गोल पनि गरेका थिए ।

झापा जिल्ला फुटबल संघको उपाध्यक्ष र सदस्य पदको जिम्मेवारी सम्हालिसकेका उनले २०५६ सालबाट फुटबल खेलबाट संन्यास लिएका थिए ।

उनले स्थानीय क्लब मुनाल एफसीको प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका थिए भने भद्रपुर झापा गोल्डकपको युवा टिमको प्रशिक्षक थिए ।

फुटबल खेलको सुदृढीकरण र विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै झापा गोल्डकपले २०७५ फागुन २५ गते र भद्रपुर झापा गोल्डकपले २०७९ फागुन १७ गते उनलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानसमेत गरेका थिए ।

२०४२ सालदेखि विद्यालयस्तरीय फुटबल प्रतियोगिताबाट यस क्षेत्रमा लागेका राईले नेपालको विभिन्न ए डिभिजन क्लबमा आबद्ध रही धेरै प्रतियोगिता खेलेका थिए ।

उनले २०५२ सालमा न्युरोड टिम (एनआरटी)मा आवद्ध भएपछि मालदिभ्समा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए ।

त्यस्तै, २०५३ सालमा यु १९ को उमेर समूहबाट थाइल्यान्डमा भएको प्रतियोगितामा सहभागिता जनाएर अन्तर्राष्ट्रिय तीन गोल गरेका थिए ।

२०७५ फागुनमा भारतको उडिसामा सम्पन्न हिरो कपमा नेपाली महिला फुटबल टिमको व्यवस्थापकको जिम्मेवारी सम्हालेका राई मुनाल क्लबका प्रशिक्षक थिए ।

March 4, 2025

भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]

March 4, 2025

नेपाल र अफगानिस्तानबिच वाइओडिआई सिरिज हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]

March 4, 2025

अष्ट्रेलियाद्वारा भारतलाई सामान्य लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो‌। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]

Success

Thank you for your time.