7 months ago
July 29, 2024
एजेन्सी – क्यानडामा जारी चौथो संस्करणको ग्लोबल टिट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स पराजित भएको छ ।
नेसनल्स सरे ज्याकवार्ससँग सोमबार बिहान भएको खेलमा ८० रनले पराजित भएको हो । यो संस्करणको तेस्रो खेलमा नेसनल्सको यो पहिलो हार हो ।
सुर्रेले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको टोरोन्टोले १७.१ ओभरमा अल आउट हुदै ८१ रन बनायो । नेसनल्सका लागि ओपनर उन्मुक्त चन्दले १७ बलमा सर्वाधिक २१ रन बनाए ।
यो खेलमा ब्याटिङको मौका पाएका नेपाली कप्तान रोहितले २५ बलमा १० रन बनाएका थिए । रासि भान डार डुसेनले २१ बलमा १५ तथा निकोलस किर्तनले ९ बलमा ११ रन थपे ।
सर्रेका लागि सुनिल नारायण र मार्कस स्टोईनेसले समान ३ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सर्रेले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।
सर्रेका लागि कप्तान मार्कस स्टोईनेसले ३७ बलमा सर्वाधिक ५७ रन बनाए । विरनदिप सिंहले २३, कायल मेयर्सले २७, ब्रेन्डन म्याकमुलनले १८ तथा मोहम्मद नाबीले १३ रन बनाए ।
टोरोन्टोका लागि मोहम्मद रोहिड र जुनैद सिद्धिकीले समान २ तथा रोमासियो शेफर्डले १ विकेट लिए । नेसनल्सको अर्को खेल मंगलबार रहेको छ ।
March 4, 2025
एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]
March 4, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]