6 months ago
July 29, 2024
एजेन्सी – गौतम गम्भीरले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेको पहिलो सिरिजमै भारत विजयी भएको छ ।
भारतले श्रीलंका विरुद्ध तीन खेलको टि-ट्वान्टी शृंखला एक खेल अगावै जितेको हो ।
आइतबार दोस्रो खेल भारतले डकवर्थ-लुइस-स्टर्न पद्धतिका आधारमा ७ विकेटले जितेको हो । वर्षाले प्रभावित खेलमा ८ ओभरमा ७८ रनको लक्ष्य पाएको भारतले ६.३ ओभरमा ३ विकेट गुमाएर जित हात पार्यो । भारतका लागि यशस्वी जैसवालले सर्वाधिक ३० रन बनाए ।
यस्तै कप्तान सूर्यकुमार यादवले २६ तथा हार्दिक पन्ड्याले २२ रन जोडे । श्रीलंकाका लागि महिश थिकसना, वाविन्दु हसरंगा र मथिसा पाथीरानाले समान १ विकेट लिए ।
त्यसअघि श्रीलंकाको पाल्लिखेलेमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६१ रन बनायो ।
श्रीलंकाका लागि कुशल परेराले सर्वाधिक ५४ रनको अर्धशतकीय इनिङ खेले । परेराले ३४ बलको सामना गर्दै ६ चौका र २ छक्का प्रहार गरे ।
ओपनर पथुम निशंकाले २४ बलमा ३२, कमान्डु मेन्डिसले २३ बलमा २६ तथा कप्तान चरिथ असलंकाले १४ रन बनाए । भारतका लागि रवि बिष्नोईले ३, हार्दिक पाण्ड्या, अर्शदिप सिंह र अक्षर पटेलले समान २ विकेट लिए ।
भारतले पहिलो टि ट्वान्टी आईमा ४३ रनको जित निकाल्दै सिरिजमा १-० को अग्रता बनाएको छ । शृंखलाको तेस्रो खेल मंगलवार हुनेछ । त्यसपछि यी दुई टोलीले तीन एक-दिवसीय खेल खेल्नेछन् ।
February 3, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक सिरिजको अन्तर्गत थाइल्याण्डले लगातार तेस्रो जित हासिल गरेको छ । आइतवार सिरिजमा लगातार तेस्रो जित निकाल्ने क्रममा थाइल्याण्डले नेदरल्याण्ड्सलाई १७ रनको जित हात पारेको हो । थाइल्याण्डले दिएको ८७ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १५.५ ओभरमा ६९ रनमा अल आउट भयो । नेदरल्याण्ड्सका लागि कप्तान बाबेटी डि लिडेले सर्वाधिक २५ […]
February 3, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा फ्रेन्ड्स युथ क्लब डडेलधुराले लगातार दोस्रो जित हात पारेको छ । सोमवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा डडेधुराले झापाको बोस्टन एकेडेमीलाई ७७ रनको फराकिलो अन्तरले पराजित गरेको हो । हुस्सुका कारण ढिला सुरु भएको खेल १५ ओभरमा छोट्याइएको थियो । डडेलधुराले दिएको […]
February 3, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक सिरिजको अन्तर्गत आफ्नो तेस्रो खेलमा थाइल्याण्ड नेदरल्याण्ड्सविरुद्ध सस्तैमा समेटिएको छ । जारी खेलमा थाल्याण्डले नेदरल्याण्ड्सलाई ८७ रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्याण्डले निर्धारित २० ओभरको १ बल रहँदै अल आउट हुदै ८६ रनमा समेटियो । थाइल्याण्डका लागि चानिदा सुत्थीरुआंगले सर्वाधिक २७ […]