default_image

7 months ago

July 28, 2024

फाइनलमा भारतले टस जित्यो

532 views

0 Bookmark

एजेन्सी – एसिसी महिला एसिया कपको फाइनलमा भारतले श्रीलंकाविरुद्ध टस जितेको छ ।

श्रीलंकाको डम्बुलामा भारतकी कप्तान हरमनप्रित कौरले टस जितेर ब्याटिङ रोजेकी हुन् । श्रीलंकालाई हराउँदै कीर्तिमानी आठौं पटक उपाधि जित्ने लक्ष्यमा भारत रहेको छ । श्रीलंका भने भारतलाई हराउँदै पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ ।

गत संस्करणको फाइनलमा पनि श्रीलंकालाई‌ ८ विकेटले‌ हराउँदै भारत सातौं पटक च्याम्पियन बनेको थियो।
महिला एसिया कपको इतिहासमा भारत र श्रीलंकाबीचको फाइनलमा यो पाँचौ भेट हो ।

सेमिफाइनलमा बंगलादेशलाई १० विकेटले हराउँदै भारतले फाइनलमा स्थान बनाएको थियो । श्रीलंकाले रोमान्चक सेमिफाइनल खेलमा पाकिस्तानलाई ३ विकेटले पराजित गरेको थियो ।

भारत र श्रीलंकाले अपराजित रुपमा फाइनलमा स्थान बनाएका हुन् । महिला एसिया कपमा भारत बाहेक बंगालादेश मात्र उपाधि जित्न सफल‌ भएको‌ छ।

March 4, 2025

भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]

March 4, 2025

नेपाल र अफगानिस्तानबिच वाइओडिआई सिरिज हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]

March 4, 2025

अष्ट्रेलियाद्वारा भारतलाई सामान्य लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो‌। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]

Success

Thank you for your time.