3 months ago
July 28, 2024
एजेन्सी – श्रीलंकामा जारी नवौं संस्करणको एसिसी महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।
साविक विजेता भारत र श्रीलंकाबीचको फाइनल खेल श्रीलंकाको डम्बुलामा रहेको रंगगिरी डम्बुला क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ।
श्रीलंकालाई हराउँदै कीर्तिमानी आठौं पटक उपाधि जित्ने लक्ष्यमा भारत रहेको छ । श्रीलंका भने भारतलाई हराउँदै पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ ।
गत संस्करणको फाइनलमा पनि श्रीलंकालाई ८ विकेटले हराउँदै भारत सातौं पटक च्याम्पियन बनेको थियो।
महिला एसिया कपको इतिहासमा भारत र श्रीलंकाबीचको फाइनलमा यो पाँचौ भेट हो ।
सेमिफाइनलमा बंगलादेशलाई १० विकेटले हराउँदै भारतले फाइनलमा स्थान बनाएको थियो । श्रीलंकाले रोमान्चक सेमिफाइनल खेलमा पाकिस्तानलाई ३ विकेटले पराजित गरेको थियो ।
भारत र श्रीलंकाले अपराजित रुपमा फाइनलमा स्थान बनाएका हुन् । महिला एसिया कपमा भारत बाहेक बंगालादेश मात्र उपाधि जित्न सफल भएको छ।
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर इमरान शेखको अर्धशतकमा मधेश प्रदेशले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा मंगलवार मधेशले बागमती प्रदेशमाथि ४६ रनको जित हात पारेको छ । १ सय ४२ रनको लक्ष्य पछ्याएको बागमतीले ३९.४ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाउन सक्यो […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नरेन साउदको सानदार बलिङमा सुदूरपश्चिमले नरेश मेमोरियल यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा सुदूरपश्चिमले मंगलवार कर्णाली प्रदेशलसई ५ विकेटले हराएको छ । ७५ रनको लक्ष्य सुदूरपश्चिमले १८.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमका नरेन भट्टले सर्वाधिक २८, युवराज खत्रीले […]
October 29, 2024
काठमाडौं(हाम्रो खेलकुद) – १९औं द हङकङ क्रिकेट सिक्सेसमा नेपालसँग खेल्ने इङ्ग्ल्याण्डको टोली घोषणा भएको छ । हङकङ सिक्सेसले प्रतियोगितामा सहभागिता जनाउने ७ सदस्यीय इङ्ग्ल्याण्ड टोलीको मंगलवार घोषणा गरेको हो । इङग्ल्याण्डको कप्तानी अलराउन्डर रवि भोपाराले गर्नेछन् । नेपालले आफ्नो पहिलो खेलमा कात्तिक १६ गते इङ्ग्ल्याण्डसँग खेल्नेछ । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्याण्ड […]