default_image

6 months ago

July 28, 2024

रुटले लारालाई पछि पारे

1139 views

0 Bookmark

एजेन्सी – इंग्ल्याण्ड टेस्ट टोलीका पूर्व कप्तान जोय रुटले वेस्ट इन्डिजका चर्चित ब्याटर ब्रायन लारालाई पछि पारेका छन् ।

रुट लारालाई पछि पार्दै टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा सातौं स्थानमा उक्लिएका छन् ।

सुचीको आठौं स्थानमा रहेका लाराले १ सय ३१ टेस्ट खेलमा ११ हजार ९ सय ५३ रन बनाएका छन् । सातौं स्थानमा उक्लिएका रुटको १ सय ४३ खेलमा १२ हजार २७ रन पुगेको छ ।

वेस्ट इन्डिजविरुद्ध जारी तेस्रो टेस्टका क्रममा रुटले यो कीर्तिमान बनाएका हुन् । रुटले दोस्रो दिनको खेलमा १ सय २४ बलमा ८७ रन जोड्दै लारालाई पछि पारे ।

३ टेस्टको सिरिजको अन्तिम खेलको दोस्रो दिन घरेलु टोलीले ३ सय ७६ रन बनाउँदै अल आउट भयो । दोस्रो दिन ओली पोप ४ रन थप्दै १० रनमा आउट भए । रुट ८५ रन जोड्दै ८७ रनमा आउट भए ।

जेमी स्मिथले १ सय ९ बलमा ९५ तथा क्रिस वोक्सले ७८ बलमा ६२ रन बनाए । कप्तान बेन स्टोक्सले ५४ रन जोड्दा गस एटकिन्सनले २१ रन थपे ।

वेस्ट इन्डिजका अल्जारी जोसेफले ४, जयडेन सेल्सले ३, शेमार जोसेफले २ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन बनाएको थियो। दोस्रो दिन वेस्ट इन्डिजले दोस्रो इनिङको ब्याटिङ सुरु गरेको छ।

३ टेस्टको सिरिजका लागि वेस्ट इण्डिज इंग्ल्याण्ड भ्रमणमा रहेको छ । सुरुआती २ टेस्ट हारेको पाहुना टोलीले सिरिज गुमाइसकेको छ ।

February 3, 2025

वान डे र फरेभरको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – वान डे क्रिकेट एकेडेमी र फरेभर क्रिकेट व्बाईज क्लबले प्रधानमन्त्री कप पुरुष क्रिकेटको काठमाडौं जिल्ला छनोटमा विजयी सुरुवात गरेका छन् । सोमबार मुलपानी क्रिकेट मैदानमा वान डेले हिमालयन क्रिकेट एकेडेमी ‘बी’लाई ५७ रनले पराजित गर्यो । सोमवारको पहिलो खेलमा वान डेले प्रस्तुत गरेको १ सय २४ रनको लक्ष्य पछ्याएको हिमालयन १३ ओभरमा […]

February 3, 2025

अर्जुन ट्रफी – विवेक र कमल चम्कदा अत्तरियाको दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विवेक यादवको अर्धशतक तथा कमल गुप्ताको ५ विकेट सहयोगमा सिवाईसी अत्तरियाले लगातार दोस्रो जित हात पारेको छ । सोमवारको दोस्रो खेलमा अत्तरियाले क्रिकेट एक्सीलेन्स सेन्टर(सिइसी) काठमाडौंलाई ८६ रनको फराकिलो अन्तरले हराएको हो । १ सय ४३ रनको लक्ष्य पछ्याएको सिइसीले १२.२ ओभरमा अल आउट हुँदै ५६ रन मात्र बनायो । सिइसीका लागि […]

February 3, 2025

थाइल्याण्डको लगातार तेस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक सिरिजको अन्तर्गत थाइल्याण्डले लगातार तेस्रो जित हासिल गरेको छ । आइतवार सिरिजमा लगातार तेस्रो जित निकाल्ने क्रममा थाइल्याण्डले नेदरल्याण्ड्सलाई १७ रनको जित हात पारेको हो । थाइल्याण्डले दिएको ८७ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १५.५ ओभरमा ६९ रनमा अल आउट भयो । नेदरल्याण्ड्सका लागि कप्तान बाबेटी डि लिडेले सर्वाधिक २५ […]

Success

Thank you for your time.