default_image

7 months ago

July 27, 2024

सन्दीप र दीपेन्द्रको टोलीले पायो १ सय ५३ रनको लक्ष्य

5987 views

0 Bookmark

एजेन्सी – ग्लोबल टि ट्वान्टी लिगको आफ्नो दोस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध भेनकुवर नाईट्सले बंगाल टाइगर्सलाई जितका लागि १ सय ५३ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको बंगालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५२ रन बनायो । बंगालका लागि इफ्तिखार अहमदले ४० बलमा ५० तथा हरजततुल्लाह जाजईले २८ बलमा ३३ रन बनाए । डिलान हेलिङ्गरले २७ र प्रगत सिंहले २० रन बनाए ।
भेनकुवरका लागि सन्दीपले २ विकेट लिए ।

यस्तो रह्यो सन्दीपको ४ ओभर

सन्दीपले पहिलो ओभरमा १८ रन खर्चिएर मंहगो साबित भए । पावर प्लेको समाप्तीसँगै सन्दीप बलिङमा आएका थिए । प्रगत सिंहलाई पहिलो बल गरेका उनले छक्काको सामना गरे । सातौं ओभरको दोस्रो बलमा सिंहले एक रन लिए ।

तेस्रो बलमा स्ट्राईकमा आएका हरजततुल्लाह जाजईले कुनै रन बनाउँन सकेनन् । चौथो बलमा जाजईले सन्दीपलाई छक्का प्रहार गरे ।

पाँचौ बलमा जाजईले एक रन लिए । स्ट्राईकमा आएका प्रगत सिंहले चौका प्रहार गर्दै सन्दीपको पहिलो ओभरलाई निकै मंहगो साबित गरिदिए ।

११ औं ओभरमा आफ्नो दोस्रो ओभर लिएर आएका सन्दीपले १ विकेट सहित मात्र २ रन खर्चिए । पहिलो र चौथो बलमा इफ्तिखार अहमद र कप्तान साकिब अल हसनले समान एक एक रन बनाए । ओभरको अन्तिम बलमा बंगालका कप्तान हसनलाई सन्दीपले एलबीडब्लु आउट गराए ।

तेह्रौं ओभरमा तेस्रो ओभर बलिङमा आएका सन्दीपले पहिलो बलमा नै डेविड विजेको विकेट लिदै राम्रो सुरुआत गरेका थिए । त्यसपछिका २ बलमा लगातार १/१ रन व्यहोरेका सन्दीपले चौथो र पाँचौ बल डट राखेका सन्दीपले अन्तिम बलमा १ रन खर्चिए ।

खेलको पन्ध्रौं ओभरमा सन्दीपले आफ्नो अन्तिम तथा चौथो ओभर लिएर आएका थिए । ओभरको पहिलो बल डट राखेका उनको दोस्रो बलमा इफ्तिखार अहमदले लामो छक्का प्रहार गरे । तेस्रो बलमा अहमदले १ रन लिए । त्यसपछिका लगातार २ बल डट राखेका सन्दीपले आफ्नो स्पेलको अन्तिम बलमा डेलिन हेलिङ्गरले २ रन लिए ।

सन्दीपले ४ ओभरमा ३२ रन खर्चिएर २ महत्वपुर्ण विकेट लिए ।

March 4, 2025

भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]

March 4, 2025

नेपाल र अफगानिस्तानबिच वाइओडिआई सिरिज हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]

March 4, 2025

अष्ट्रेलियाद्वारा भारतलाई सामान्य लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो‌। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]

Success

Thank you for your time.