default_image

7 months ago

July 27, 2024

भारतद्वारा श्रीलंकालाई विशाल लक्ष्य प्रस्तुत

4313 views

0 Bookmark

एजेन्सी – भारतले श्रीलंकालाई शनिबार पहिलो टि ट्वान्टीमा २ सय १४ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङको निम्तोलाई पूरा उपयोग गर्ने क्रममा भारतले ७ विकेटको नोक्सानीमा २ सय १३ बनाएको छ।

पहिलो विकेटका लागि शुभमन गिल‌ र यशस्वी जैसवालले ७४ रनको साझेदारी गरेका थिए। कप्तान सूर्यकुमार यादवले अर्धशतकसहित टोलीका लागि सर्वाधिक रन बनाए । २६ बलमा ८ चौका र २ छक्काका‌ साथ सूर्यकुमारले ५८ रन बनाए।

सुस्त सुरुवात गरेका ऋषभ पन्त अर्धशतक बनाउन १ रनले चुके । उनले ३३ बलमा ६ चौका र १ छक्का प्रहार गरे। यशस्वीले‌ ४०, शुभमनले ३५ र अक्षर पटेलले नटआउट १० रन जोडे।

यशस्वीले २१ बलमा ५ चौका र २ छक्का तथा शुभमनले १६ बलमा ६ चौका र १ छक्का प्रहार गरे। घरेलु टोली श्रीलंकाका मथिसा पथिरानाले ४ ओभरमा ४० रन दिदै ४ विकेट लिए।

March 4, 2025

भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]

March 4, 2025

नेपाल र अफगानिस्तानबिच वाइओडिआई सिरिज हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]

March 4, 2025

अष्ट्रेलियाद्वारा भारतलाई सामान्य लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो‌। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]

Success

Thank you for your time.