default_image

7 months ago

July 27, 2024

भारतविरुद्ध श्रीलंका फिल्डिङ गर्दै

252 views

0 Bookmark

एजेन्सी – भारतविरुद्धको पहिलो टि ट्वान्टीमा श्रीलंकाले टस जितेर पहिले फिल्डिङ रोजेको छ। ३ टि-ट्वान्टीको सिरिजको पहिलो खेल श्रीलंकाको पाल्लेकेलेमा सुरु हुँदैछ ।

खेल नेपाली समय अनुसार साँझ सबा ७ बजे सुरु हुनेछ।
टि ट्वान्टी विश्वकपको उपाधि जितेपछि भारतीय कप्तान रोहित शर्मा, विराट कोहली र रविन्द्र जडेजाले टि ट्वान्टी आईबाट सन्न्यास लिएका थिए। सूर्यकुमार यादव भारतीय टि ट्वान्टी टोलीको नयाँ कप्तान नियुक्त भएका छन्।

श्रीलंकाले चरिथ असालंकालाई वानिन्दु हसारंगाको स्थानमा कप्तानीको जिम्मेवारी दिएको छ । दुवै टोली नयाँ प्रशिक्षकका साथ उत्रदै छन् । भारतीय टोलीमट गौतम गम्भीर र श्रीलंकाली टोलीमा सनथ जयसूर्या प्रशिक्षक छन् ।

भारतले सन् २०२४ को टि-ट्वान्टी विश्वकप जितेर आइसिसी ट्रफीको लामो खडेरीको अन्त्य गरेको थियो ।

त्यसपछि भारतले जिम्बाब्वेमा दोस्रो राजाईको टोली पठायो जहाँ उसले ५ खेलको टि-ट्वान्टी आई सिरिज ४-१ ले जित्यो। यसैबीच, श्रीलंकाका खेलाडीहरू लंका प्रिमियर लिगमा व्यस्त थिए जहाँ असालंकाकै कप्तानीमा रहेको जाफना किंग्स च्याम्पियन भएको थियो ।

असालंका र सूर्यकुमार दुवैले यसअघि आफ्नो राष्ट्रिय टोलीको नेतृत्व गरिसकेका छन् । असालंकाले यसै वर्षको सुरुमा बंगलादेशविरुद्ध २ टि-ट्वान्टी र सूर्यकुमारले सन् २०२३ को अन्त्यमा अस्ट्रेलिया र दक्षिण अफ्रिकाविरुद्ध ७ टि-ट्वान्टीमा आफ्नो कप्तानी भुमिका निभाएका थिए ।

March 4, 2025

भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]

March 4, 2025

नेपाल र अफगानिस्तानबिच वाइओडिआई सिरिज हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]

March 4, 2025

अष्ट्रेलियाद्वारा भारतलाई सामान्य लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो‌। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]

Success

Thank you for your time.