default_image

7 months ago

July 27, 2024

पहिलो दिन १३ विकेट‌ खस्यो

597 views

0 Bookmark

एजेन्सी – वेस्ट इन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिन शुक्रबार १३ विकेट खसेको छ ।

पहिलो दिन टस जितेर ब्याटिङ गरेको वेस्ट इण्डिज अलआउट हुँदै २ सय ८२ रन मात्र जोड्न सक्यो ।

वेस्ट इण्डिजका लागि ओपनर तथा कप्तान क्रेग ब्रेथवेटले ८६ बलमा सर्वाधिक ६१ रन बनाउँदा ८ चौका प्रहार गरे । जेसन होल्डरले १ सय १२ बलमा ५९ तथा जोसअ डि सिल्भाले ९९ बलमा ४९ रन बनाए ।

ओपनर माइकाल लुईसले २६, शेमार जोफले १६ र अल्जारी जोसेफले १५ रन जोडे । इंग्ल्याण्डका लागि गस एटकिन्सनले ४ क्रिस वोक्सले ३, मार्क वुडले २ र शोयब बासिरले १ विकेट लिए ।

त्यसपछि पहिलो इनिङ सुरु गरेको‌ इंग्ल्याण्डले ३ विकेट गुमाएर ३८ रन जोड्दा पहिलो दिनको खेल समाप्त भएको थियो छ । इंग्ल्याण्डका लागि ओपनर ज्याक क्रलि १८ रन बनाउँदै आउट भए । ओली पोप ६ र जोय रुट २ रनमा नटआउट छन् ।

वेस्ट इण्डिजका लागि जयडेन सेल्सले २ तथा अल्जारी जोसेफले १ विकेट लिए। पहिलो दिनको खेल सकिदा घरेलु टोली इंग्ल्याण्ड २ सय ४४ रनले पछि छ ।

३ टेस्टको सिरिजका लागि वेस्ट इण्डिज इंग्ल्याण्ड भ्रमणमा रहेको छ । सुरुआती दुई खेल हारेको पाहुना टोलीले सिरिज गुमाई सकेको छ ।

March 4, 2025

भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]

March 4, 2025

नेपाल र अफगानिस्तानबिच वाइओडिआई सिरिज हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]

March 4, 2025

अष्ट्रेलियाद्वारा भारतलाई सामान्य लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो‌। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]

Success

Thank you for your time.