default_image

6 months ago

July 26, 2024

भारत एसिया कपको फाइनलमा

1227 views

0 Bookmark

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो। 

८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा ९ चौका र १ छक्का प्रहार गरिन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेटको क्षतिमा ८० रन मात्र बनाउन सकेको थियो। टोलीकी कप्तान निगर सुल्तनाले सबैभन्दा बढी ३२ रन जोडिन्।

स्वर्ण अख्तरले १९ रन बनाइन् । त्यसबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

भारतकी रेनुका सिंहले ४ ओभरमा १ मेडन राख्दै १० रन खर्चेर ३ विकेट लिइन्। राधा यावदले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चदै ३ विकेट हात पारिन् । पुजा भास्त्रकर र दिप्ती शर्माले समान १ विकेट लिए।

भारतले पाकिस्तान र श्रीलंकाबीचको विजेतासँग फाइनल खेल्नेछ। साविक विजेता समेत रहेको भारत ८ मध्ये ७ संस्करण को च्याम्पियन हो । सन् २०१८ मा बंगलादेशले उपाधि जितेको थियो।

January 11, 2025

साहबले ६ विकेट लिएपछि मधेश फलोअनमा

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबका स्पिनर साहब आलमले ६ विकेट लिएसँगै मधेश प्रदेश फलोअनमा परेको छ । जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको पाँचौ खेलमा मधेश पहिलो इनिङमा आर्मी भन्दा १ सय रनले पछि परेसँगै फलोअनमा परेको हो । टेस्ट क्रिकेटमा कुनै टोली २ सय रनले पछि परे फलोअनमा पर्दछन् । दुईदिवसीय […]

January 11, 2025

अमित र अर्जुनको अर्धशतकमा पुलिसको फराकिलो अग्रता

काठमाडौं(हाम्रो खेलकुद) – ब्याटरद्वय अमित श्रेष्ठ र अर्जुन साउदको अर्धशतकमा विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेशमाथि फराकिलो अग्रता बनाएको छ । जय ट्रफी मेन्स एलिट कपको लिग चरणको अन्तिम खेलमा पुलिसले बागमती प्रदेशविरुद्ध पहिलो इनिङ्समा १ सय ३ रनको अग्रता बनाएको छ । पुलिसले पहिलो इनिङ्समा ४५.५ ओभरमा २ सय १५ रन जोडेको थियो […]

January 10, 2025

सन्दीप पनि पिएसएल ड्राफ्टमा

काठमाडौं(हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सन्दीप लामिछाने पनि पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को ड्राफ्टमा परेका छन् । पाकिस्तान सुपर लिगले शुक्रवार जारी गरेको डायमण्ड क्याटगोरीमा सन्दीपलाई पनि समावेश गरेको हो । सन्दीपले २०१८/१९ को सिजन लाहोर कलन्दर्सबाट पिएसएल खेलिसकेका छन् । यसअघि गत बुधवार जारी सिल्भर क्याटगोरीको सुचीमा नेपालका ६ खेलाडी […]

Success

Thank you for your time.