default_image

7 months ago

July 25, 2024

एसिया कप खेलेर फर्कियो नेपाल

555 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसीसी महिला एसिया कप खेलेर विहीबार स्वदेश फर्किएको छ ।

नेपालले प्रतियोगिताको समूह चरणमा यूएई, पाकिस्तान र भारतसँग प्रतिस्पर्धा गरेको थियो । पहिलो खेलमा यूएईलाई ६ विकेटले हराउँदै नेपालले प्रतियोगिताको इतिहासमा पहिलो जित समेत दर्ता गरेको थियो । त्यसपछि दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेट र भारतसँग तेस्रो खेलमा ८२ रनले पराजित भएपछि नेपालको यात्रा समूह चरणमा समाप्त भयो ।

स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा कप्तान इन्दु वर्माले भारत र पाकिस्तानजस्तो बलिया टोलीसँग खेल्न धेरै पक्षमा सुधार आवश्यकता रहेको बताइन् । ‘एसिया कपमा ऐतिहासिक सफलता निकाल्यौं । तर ठूला टोलीविरुद्ध खेल्न ब्याटिङ, बलिङ र फिल्डिङमा सुधार गर्न आवश्यक छ,’ उनले भनिन् ।

कप्तान इन्दुले युएइसँग जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको र सफल भएको बताइन् । ‘यूएईलाई जितेर इतिहास रच्न सफल भयौं । पाकिस्तानसँग पनि राम्रो खेल्दै सेमिफाइनलमा पुग्ने लक्ष्य थियो तर सोचेजस्तो भएन । तर टेस्ट राष्ट्रसँग खेल्दा नेपालसँग पनि सम्भावना छ भन्ने प्रमाणित भएको छ,’ कप्तान इन्दुले थपिन् । 

फ्लड लाइटमा खेल्दा फिल्डिङ केही गल्ती भएपनि फ्लड लाइटका कारण धेरै समस्या नभएको इन्दुले बताइन् । भारत र पाकिस्तानजस्तो राम्रो टोलीसँग खेल्दा दबाबका बीच कसरी खेल्ने लगायत धेरै कुरा पनि सिकेर आएको उनले अनुभव साटिन् ।

March 4, 2025

भारत लगातार तेस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]

March 4, 2025

नेपाल र अफगानिस्तानबिच वाइओडिआई सिरिज हुने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]

March 4, 2025

अष्ट्रेलियाद्वारा भारतलाई सामान्य लक्ष्य

एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो‌। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]

Success

Thank you for your time.