7 months ago
July 24, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र अल-राउन्डर दीपेन्द्र सिंह ऐरी क्यानडियन फ्रेन्चाइज लिग ग्लोबल टि-२० का लागि आज राती प्रस्थान गर्ने भएका छन् । दुवै दिल्लीबाट क्यानडाका लागि प्रस्थान गर्दैछन् ।
भिसा आउन समय लागेका कारण दीपेन्द्र शुक्रवार देखि सुरु हुने लिगका लागि ढिलो प्रस्थान गर्दैछन् । उनी यसपटक भ्यानकुभर क्नाइट्सबाट खेल्दैछन् । सोही टोलीमा लेग स्पिनर सन्दिप लामिछाने समेत रहेका छन् । सन्दिप भने क्यानडा पुगिसकेका छन् ।
यस्तै नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेल पनि बिहीबार नै क्यानडा प्रस्थान गर्नेछन् । भिसामा ढिलाइका कारण नै उनी पनि ढिलो जाने भएका हुन् ।
लिगको उद्दघाटन खेलमा शुक्रवार बिहान टोरोन्टो र भ्यानकुभर भिड्ने तालिका रहेका छ । दीपेन्द्र र रोहितले पहिलो खेलमा उपस्थित हुने छैनन् ।
रोहित पहिलो पटक विदेशी फ्रेन्चाइज लिग खेल्दैछन् । उनलाई टोरोन्टो नेशनल्सले अनुबन्ध गरेको छ । न्यूजिल्यान्डका कोलिन मन्रो, वेस्ट इन्डिजका रोमारियो शेफर्ड र दक्षिण अफ्रिकाका र्यासी भ्यान डर डसन समेत टोरोन्टोमा रहेका छन् ।
दीपेन्द्रले यसअघि २०२३ को संस्करण मोन्ट्रियल टाइगर्स बाट खेल्दै उपाधि समेत जितेका थिए । उता विभिन्न फ्रेन्चाइज लिग हरुको अनुभव बोकिरहेका सन्दिपले पनि मोन्ट्रियल र टोरोन्टोमा अनुबन्ध भएर यस लिग खेलिसकेका छन् ।
यस संस्करणको ग्लोबल टि-२० लिग जुलाई २६ देखि सुरु हुँदै छ ।
March 4, 2025
एजेन्सी – दुई पटकको च्याम्पियन भारत च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। आज भएको सेमिफाइनलमा दुई पटकको च्याम्पियन अष्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। दुबई इन्टरनेशनल स्टेडियममा २ सय ६५ रनको लक्ष्य भारतले ११ बल अगाडि ६ विकेटको नोक्सानीमा पूरा गर्यो। भारतले ४३ रन जोड्दा दुई ओपनरलाई गुमायो। शुभमन गिल […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र अफगानिस्तानको यु-१९ टोलीबिच अर्को महिना युवा एकदिवसीय अन्तर्राष्ट्रिय (वाइओडिआई) सिरिज हुने भएको छ। ३ खेलको सिरिज चैत २१-२७ गते मुलपानी क्रिकेट मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।दोस्रो खेल चैत २४ गते हुनेछ। वाईओडिआई सिरिजको तालिका पहिलो खेल – चैत २१ गते (अप्रिल ३)दोस्रो खेल – चैत २४ […]
March 4, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ। दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो। अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा […]