8 months ago
July 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसिसि महिला एशिया कप २०२४ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले पाकिस्तान विरुद्ध प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०८ रन जोड्न सफल रह्यो ।
नेपालका लागि कविता जोशीले २३ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ३१ रन बनाएर अविजित रहिन् । पूजा महतोले ३२ बलमा ३ चौका नै प्रहार गर्दै २५ रन बनाइन् । छैठौं विकेटका लागि ३४ रनको साझेदारी गर्दै कविता र पूजाले नेपाललाई राम्रो स्कोरतर्फ डोर्याएका थिए । यस्तै ओपनर सिता राना मगरले ३० बलमा ३ चौका सहित २६ रन जोडिन् ।
नेपालका तीन ब्याटर रन आउट हुन पुग्ने । अनुभवी खेलाडीद्वय सिता राना मगर र रुबिना क्षेत्री रनआउटकै शिकार बने । केही तालमेल मिलेन भने कतै खेलाडीहरु आफै सुस्त देखिए ।
युएई विरुद्धको पछिल्लो खेलमा सानदार प्रदर्शन गरेकी ओपनर सम्झना खड्का आज भने पहिलो ओभरमै आउट भइन् । १ चौका प्रहार गरेकी उनी फतिमा सनाको बलमा म्याच आउट भएकी थिइन् । तीन नम्बरमा क्रिजमा पुगेकी कविता कुँवरले भने राम्रो सुरुवात दिलाएकी थिइन् । तर १३ बलमा ३ चौका सहित १३ रन नै बनाएको अवस्थामा उनलाई सदिया इकबालले पेभेलियण फर्काइन् ।
कप्तान इन्दु वर्माले आज पनि लामो समय क्रिजमा समय बिताउन सकिनन् । उनी दुई बल खेल्दै शून्यमै सदियाकै बलमा बोल्ड भइन् ।
पाँचौं नम्बरमा ब्याटिङ गर्न पुगेकी रुबिना क्षेत्रीले भने सुस्त सुरुवात गरिन् । तीन विकेटको क्षतिमा रहेको नेपाललाई सम्हाल्ने क्रममा उनले १४ बलमा १ चौका प्रहार गर्दै ८ रन बनाइन् । उनी १०औं ओभरमा रनआउट भइन् ।
सुरुवात देखि इनिङ सम्हालेकी सिता राना मगर पनि रनआउट नै हुन पुगिन् । उनी १४औं ओभरमा दुई रन लिने क्रममा रन आउट भइन् । अन्तिम ओभरमा पूजा महतो पनि रनआउट भइन् । बाइमा रन लिने क्रममा कविता जोशीले उनलाई फर्काइदिएपछि उनी रन आउट भएकी थिइन् । कविता र विन्दु रावल नट आउट रहे ।
पाकिस्तानका लागि सादिया इकवालले २ विकेट लिँदा फतिमा सनाले १ विकेट लिन सफल रहिन् ।
पहिलो खेलमा जित हासिल गरेको नेपालको आजको खेलमा जित दर्ता गरेमा सेमिफाइनलमा स्थान पक्का हुनेछ । भारतले २ खेल जितिसकेको छ । युएईले २ खेलमा हार बेहोरेको छ भने पाकिस्तान पहिलो खेलमा भारत विरुद्ध पराजित भएको थियो ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]