default_image

7 months ago

July 21, 2024

नेपाल पाकिस्तान विरुद्ध पहिला ब्याटिङ गर्दै

716 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसिसि महिला एशिया कप २०२४ को आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । पाकिस्तानकी कप्तान निदा दरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ गर्ने भएको हो ।

नेपालले युएई विरुद्ध जित हासिल गरेको टोलीमा एक परिवर्तन गरेको छ । सबनम राईको स्थानमा रोमा थापा टोलीमा आएकी छन् ।

नेपालको प्लेइङ ११:

इन्दु वर्मा (कप्तान), रुविना क्षेत्री, सिता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) , पूजा महतो, विन्दु रावल, कृतिका मरासिनी, रोमा थापा

प्रतियोगिताको उद्दघाटन खेल युएई विरुद्ध ऐतिहासिक जित पछि नेपाल उच्च मनोबलमा हुनेछ । तर पाकिस्तान नेपालका लागि कठिन प्रतिद्वन्द्वी रहनेछ ।

त्यो नेपालको एसिया कप इतिहासमा पहिलो जित थियो । यसअघि सन् २०१२ र २०१६ मा गरी खेलेको दुई संस्करणमा नेपालले सबै ९ खेलमा हार बेहोरेको थियो ।

उता पाकिस्तान भने पहिलो खेलमा भारतसँग सहजै पराजित भएको थियो । भारतले पाकिस्तानलाई ७ विकेटले हराएको थियो ।

नेपालले आजको खेलमा जित एक अविश्वसनिय नतिजा नै हुनेछ । आज सफलता मिलेको अवस्थामा नेपालको अर्को चरणमा पुग्ने सम्भावना समेत बलियो बन्नेछ ।

February 3, 2025

वान डे र फरेभरको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – वान डे क्रिकेट एकेडेमी र फरेभर क्रिकेट व्बाईज क्लबले प्रधानमन्त्री कप पुरुष क्रिकेटको काठमाडौं जिल्ला छनोटमा विजयी सुरुवात गरेका छन् । सोमबार मुलपानी क्रिकेट मैदानमा वान डेले हिमालयन क्रिकेट एकेडेमी ‘बी’लाई ५७ रनले पराजित गर्यो । सोमवारको पहिलो खेलमा वान डेले प्रस्तुत गरेको १ सय २४ रनको लक्ष्य पछ्याएको हिमालयन १३ ओभरमा […]

February 3, 2025

अर्जुन ट्रफी – विवेक र कमल चम्कदा अत्तरियाको दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विवेक यादवको अर्धशतक तथा कमल गुप्ताको ५ विकेट सहयोगमा सिवाईसी अत्तरियाले लगातार दोस्रो जित हात पारेको छ । सोमवारको दोस्रो खेलमा अत्तरियाले क्रिकेट एक्सीलेन्स सेन्टर(सिइसी) काठमाडौंलाई ८६ रनको फराकिलो अन्तरले हराएको हो । १ सय ४३ रनको लक्ष्य पछ्याएको सिइसीले १२.२ ओभरमा अल आउट हुँदै ५६ रन मात्र बनायो । सिइसीका लागि […]

February 3, 2025

थाइल्याण्डको लगातार तेस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक सिरिजको अन्तर्गत थाइल्याण्डले लगातार तेस्रो जित हासिल गरेको छ । आइतवार सिरिजमा लगातार तेस्रो जित निकाल्ने क्रममा थाइल्याण्डले नेदरल्याण्ड्सलाई १७ रनको जित हात पारेको हो । थाइल्याण्डले दिएको ८७ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्याण्ड्स १५.५ ओभरमा ६९ रनमा अल आउट भयो । नेदरल्याण्ड्सका लागि कप्तान बाबेटी डि लिडेले सर्वाधिक २५ […]

Success

Thank you for your time.