8 months ago
July 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा जारी एसिसी महिला एसिया कप २०२४ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा आज नेपालले पाकिस्तानको सामना गर्दैछ । खेल नेपाली समय अनुसार साँझ ७:१५ बजे दाम्बुलामा सुरु हुनेछ ।
प्रतियोगिताको उद्दघाटन खेल युएई विरुद्ध ऐतिहासिक जित पछि नेपाल उच्च मनोबलमा हुनेछ । तर पाकिस्तान नेपालका लागि कठिन प्रतिद्वन्द्वी रहनेछ ।
पहिलो खेलमा सम्झना खड्काको उत्कृष्ट इनिङको मद्दतमा नेपालले युएईलाई हराएको थियो । १ सय १६ रनको लक्ष्य पछ्याएको नेपालका लागि सम्झनाले अविजित ७२ रन बनाएकी थिइन् । युएईले दिएको १ सय १६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट मात्र गुमाएर भेटाएको थियो ।
त्यो नेपालको एसिया कप इतिहासमा पहिलो जित थियो । यसअघि सन् २०१२ र २०१६ मा गरी खेलेको दुई संस्करणमा नेपालले सबै ९ खेलमा हार बेहोरेको थियो ।
उता पाकिस्तान भने पहिलो खेलमा भारतसँग सहजै पराजित भएको थियो । भारतले पाकिस्तानलाई ७ विकेटले हराएको थियो ।
पाकिस्तानले दिएको १ सय ९ रनको लक्ष्य भारतले १४.१ ओभरमै पूरा गरेको थियो । त्यसकारण पनि पाकिस्तान आज जितका लागि प्रयासरत रहनेछ ।
नेपालले आजको खेलमा जित एक अविश्वसनिय नतिजा नै हुनेछ । आज सफलता मिलेको अवस्थामा नेपालको अर्को चरणमा पुग्ने सम्भावना समेत बलियो बन्नेछ ।
नेपाल र पाकिस्तान भिड्नु अघि दिनको २:१५ बजे नेपालकै समूह ए मा रहेका भारत र युएई भिड्ने तालिका छ ।
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]