8 months ago
July 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय टोलीले एसीसी महिला एसिया कपको पहिलो खेलमा टस जितेको छ ।
यूएईविरुद्ध पहिलो खेलमा नेपालकी कप्तान इन्दु वर्माले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय गरेकी हुन् ।
नेपालको प्लेइङ ११:
इन्दु वर्मा (कप्तान), रुविना क्षेत्री, सिता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) , पूजा महतो, विन्दु रावल, कृतिका मरासिनी, सबनम राई
March 5, 2025
एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]
March 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधवार एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरे ।ललितपुर महानगरपालिका वडा २ स्थित सानेपामै खोलिएको एकेडेमी करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको छ । एकेडेमी तयार गर्न करिब ३० लाख रुपैयाँ खर्च भएको एकेडेमीले जनाएको छ । […]
March 5, 2025
एजेन्सी – रचिन रविन्द्र र केन विलियम्सनको सानदार साझेदारीमा न्युजिल्याण्डले च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा दक्षिण अफ्रिकालाई जितको लागि ३ सय ६३ रनको विशाल चुनौती दिएको छ। लाहोरको गद्दाफी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गर्यो। निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै ३ सय ६२ रनको सानदार योगफल बनायो। विल योङ्ग २१ रनना आउट हुँदा पहिलो विकेटको […]