default_image

7 months ago

July 18, 2024

कप्तान रोहित बने ब्रान्ड एम्बेसडर

559 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई शैक्षिक परामर्ष सेवा प्रदान गर्दै आइरहेको संस्था द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीले ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

अन्तर्राष्ट्रिय शैक्षिक संस्थामा गएर उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि कप्तान रोहित पौडेलसँगको सहकार्यले सत्य र तथ्यपरक जानकारी र सूचना सम्प्रेशण तथा परामर्श प्रदान गर्न थप प्रभावकरी हुने अपेक्षा संस्थाले राखेको छ ।

युवाहरुमा परिचित तथा प्रभावशाली रहेका कप्तान रोहितले ब्रान्ड एम्बेसडरको रूपमा सशक्त भूमिका निर्वाह गर्दै शैक्षिक परामर्षको कार्यलाई विश्वसनिय रुपमा अगाडि बढाउन सक्षम हुनेछन् भन्ने द नेक्स्टको विश्वास रहेको छ ।

बीस बर्ष देखि शैक्षिक परामर्षको क्षेत्रमा कार्य गर्दै आईरहेको द नेक्स्टले नेपाली विद्यार्थीहरुलाई व्यक्तिगत शैक्षिक परामर्श, विदेशमा अध्ययन निर्देशन, र परीक्षण तयारी सलगायतका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

February 4, 2025

त्रिकोणात्मक सिरिज – नेपाल र थाइल्याण्ड खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा आज नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा चौथो खेल खेल्दैछन् । नेपाल अहिले सम्म खेलेको सबै ३ खेलमा पराजित भएको छ । नेपाल पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्ससँग र दोस्रो खेलमा थाइल्याण्डसँग […]

February 3, 2025

वान डे र फरेभरको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – वान डे क्रिकेट एकेडेमी र फरेभर क्रिकेट व्बाईज क्लबले प्रधानमन्त्री कप पुरुष क्रिकेटको काठमाडौं जिल्ला छनोटमा विजयी सुरुवात गरेका छन् । सोमबार मुलपानी क्रिकेट मैदानमा वान डेले हिमालयन क्रिकेट एकेडेमी ‘बी’लाई ५७ रनले पराजित गर्यो । सोमवारको पहिलो खेलमा वान डेले प्रस्तुत गरेको १ सय २४ रनको लक्ष्य पछ्याएको हिमालयन १३ ओभरमा […]

February 3, 2025

अर्जुन ट्रफी – विवेक र कमल चम्कदा अत्तरियाको दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विवेक यादवको अर्धशतक तथा कमल गुप्ताको ५ विकेट सहयोगमा सिवाईसी अत्तरियाले लगातार दोस्रो जित हात पारेको छ । सोमवारको दोस्रो खेलमा अत्तरियाले क्रिकेट एक्सीलेन्स सेन्टर(सिइसी) काठमाडौंलाई ८६ रनको फराकिलो अन्तरले हराएको हो । १ सय ४३ रनको लक्ष्य पछ्याएको सिइसीले १२.२ ओभरमा अल आउट हुँदै ५६ रन मात्र बनायो । सिइसीका लागि […]

Success

Thank you for your time.