default_image

2 months ago

July 17, 2024

नेपालले जित्यो आइसीसी अवार्ड

6510 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- सामाजिक संजालमा समर्थकहरुको संलग्नतामा उच्च कार्य गरेको भन्दै नेपालले आइसिसी डिजिटल फ्यान इंगेजमेन्ट इनिसिएटिभ अफ द इयरको अवार्ड जितेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले आइसिसी ग्लोबल अवार्डको छ विधाको विजेता घोषणा गर्दा नेपालले आइसिसी डिजिटल फ्यान इंगेजमेन्ट इनिसिएटिभ अफ दि इयरको अवार्ड जितेको हो । यसअघि एसिया क्षेत्रको विजेता नेपालले अन्य क्षेत्रलाई पछि पार्दै अवार्ड प्राप्त गरेको हो ।

क्यानले अवार्डको जितेकोमा गौरव अनुभूति भएको जनाउँदै माकुरा क्रिएसनको कामको प्रशंसा गरेको छ । माकुरा क्रिएसनले नै पछिल्लो दुई वर्षयता क्यानको सामाजिक संजाल व्यवस्थापन तथा संचालन गर्दै आएको छ ।

नेपालले वर्ष भरिमा कीर्तिमानी फ्यानबेस बढेको आइसिसीले जनाएको छ । फेसबुकलगायत डिजिटल माध्यममा नेपाली फ्यानको संलग्नता गत वर्ष ४ सय प्रतिशतले बढेको आईसीसीले जनाएको छ ।

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका नेपाल क्रिकेट संघ ( क्यान) का सचिव रहेका पारस खड्काले नेपाली क्रिकेटलाई समर्थन गर्ने लाखौं समर्थकको प्रशंसा गरेका छन् ।

‘यो‌ अवार्डले हाम्रा शुभेच्छुक, फ्यानलगायत क्रिकेट समुदायको सामूहिक प्रयासलाई प्रतिबिम्बित गर्दछ । जो वर्षौंदेखि हाम्रो सबैभन्दा ठूलो शक्तिका रूपमा रहेका छन्,’ खड्काले भनेका छन्, ‘महिला, पुरुष दुवै खेलको प्रवर्द्धन गरेर, हामी ऊर्जावान, समावेशी माहोल सिर्जना गरेर जीवन्त क्रिकेट संस्कृतिको विकास गर्ने प्रयास गरिरहेका छौं ।’

खड्काले क्यानले लिएको डिजिटल रणनीतिले फ्यानहरूलाई नेपाली क्रिकेटसँग थप नजिक बनाउन भूमिका निर्वाह गरेको बताएका छन् । उनले अगाडि भनेका छन्, ‘अवार्डले हामीलाई थप ऊर्जा दिएको छ । हामीलाई खेलको विकास र हाम्रा प्रशंसकहरूलाई संलग्न गराउने प्रयासलाई जारी राख्न प्रेरित गर्नेछ ।’

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.