8 months ago
July 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा हुने वुमन्स एसिया कपको तयारीमा रहेको नेपाली महिला टोलीले मंगलबार अभ्यास खेल जितेको छ ।
तेस्रो अभ्यास खेलमा नेपाली टोलीले श्रीलंका वुमन्स डेभलप्मेन्टलाई २ रनले हराएको छ । यसअघिका सोही टोलीसँगको दुवै अभ्यास खेलमा नेपाल पराजित भएको थियो ।
१ सय १३ रनको लक्ष्य पछ्याएको श्रीलंका वुमन्स १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय १० रन मात्र बनाउन सक्यो । टोलीका लागि भि बालासूर्याले ३ चौकाको सर्वाधिक ३८ रन बनाइन् ।
आर नेर्थान्जलीले २६ आर सेवान्दनीले १० रन जोडिन् । नेपालका लागि कविता जोशीले ३ , कृतिका मरासिनीले २ र कविता कुवँरले १ विकेट लिएकी थिइन् ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १ सय १२ रन बनाएको थियो । नेपालका लागि रुबिना क्षेत्रीले २६ बलमा ३ छक्का र १ चौकाको मद्दतमा ३७ रन बनाइन् । विन्दू रावलले ३१ बलमा १ चौका साथ २० रन जोडिन् ।
सिता रानामगरले १५, कप्तान इन्दु बर्माले ११ र सम्झना खड्काले १० रन बनाएकी थिइन् । श्रीलंका वुमन्सका लागि डि थेनाकोनेले २, आर सेवान्दी, एस इदुवारी र पी मेथासारीले समान १ विकेट लिएकी थिइन् ।
यसअघि नेपाल पहिलो खेलमा ३३ रन र दोस्रो खेलमा ४ विकेटले पराजित भएको थियो । श्रीलंकामा शुक्रबारदेखि देखि सुरु हुने एसिया कपमा नेपाल समूह ’ए’ मा छ। नेपाल रहेको समूहमा भारत, पाकिस्तान र युएई छन्।
नेपालले शुक्रबार युएईसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल पाकिस्तानसँग साउन ६ र भारतसँग साउन ८ गते खेल्नेछ ।
March 5, 2025
एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]
March 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधवार एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरे ।ललितपुर महानगरपालिका वडा २ स्थित सानेपामै खोलिएको एकेडेमी करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको छ । एकेडेमी तयार गर्न करिब ३० लाख रुपैयाँ खर्च भएको एकेडेमीले जनाएको छ । […]
March 5, 2025
एजेन्सी – रचिन रविन्द्र र केन विलियम्सनको सानदार साझेदारीमा न्युजिल्याण्डले च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा दक्षिण अफ्रिकालाई जितको लागि ३ सय ६३ रनको विशाल चुनौती दिएको छ। लाहोरको गद्दाफी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गर्यो। निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै ३ सय ६२ रनको सानदार योगफल बनायो। विल योङ्ग २१ रनना आउट हुँदा पहिलो विकेटको […]