7 months ago
July 14, 2024
एजेन्सी – लगातार चौथो जित सहित भारतले विश्वकप पछिको पहिलो भ्रमण अन्त्य गरेको छ । पाँच खेलको टि-ट्वान्टी शृंखलाको अन्तिम खेलमा ४२ रनले जिम्बाब्वेलाई हराउँदै ४-१ ले जितेको हो ।
आईतवार भारतले दिएको १६८ रनको लक्ष्य पछ्याएको जिम्बाब्वे १८.३ ओभरमा १२५ रनमा समेटियो । जिम्बाब्वेका लागि डिअन मायर्सले सर्वाधिक ३४ रन बनाए । मारुमानीले र फराज अक्रमले समान २७-२७ रन बनाए भने ब्रा बेनेटले १० रन बनाए ।
भारतका लागि मुकेश कुमारले ४ विकेट लिए भने शिभम दुबेले २ विकेट लिए । वाशिंटन सुन्दर र अभिषेक शर्माले १-१ विकेट लिए ।
त्यसअघि हरारेमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६७ रन बनाएको थियो ।
भारतका लागि सञ्जु स्यामसनले ४५ बलमा सर्वाधिक ५८ रन बनाए । शिभम दुबेले २६, रियान परागले २२, अभिषेक शर्माले १४, शुभमन गीलले १३, यशस्वी जैसवालले १२र रिन्कु सिंहले ११ रन बनाए ।
जिम्बाब्वेका लागि ब्लेसिङ मुजराबानीले २ विकेट लिए भने सिकन्दर राजा, एनगार्भा र ब्रेन्डन मभुटाले १-१ विकेट लिए ।
भारतले शृंखलाको पहिलो खेलमा हार बेहोरेर त्यसपछिका सबै खेल जितेको छ । भारतको आउँदो शृंखला जुलाई अन्तिममा श्रीलंकामा श्रीलंकामा नै हुनेछ ।
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा न्यु होराइजन बुटवलले विजयी सुरुवात गरेको छ । मंगलवार भएको पहिलो खेलमा होराइजनले दशरथ चन्द क्रिकेट एकेडेमीलाई ५१ रनले पराजित गर्यो । होराइजनले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको दशरथ १४.५ ओभरमा १ सय ६ रनमा समेटियो । दशरथका लागि बसन्त खत्रीले सर्वाधिक २० […]
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको आफ्नो चौथो खेलमा थाइल्याण्डले नेपाललाई मध्यम लक्ष्य दिएको छ । जारी खेलमा नेपालले थाइल्याण्डबाट १ सय ७ रनको लक्ष्य पाएको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रनको मध्यम योगफल तयार गर्यो । […]
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले थाइल्याण्डविरुद्ध टस हारेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा थाइल्याण्डकी कप्तानले टस जितेर नेपाललाई बलिङको निम्तो दिईन् । नेपाली टोलीमा २ परिवर्तन भएको छ । गत आइतवार नेदरल्याण्ड्सविरुद्ध खेलेको नेपाली टोलीमा रहेकी रेवती धामी र सिता राना मगर बेन्चमा रहेका छन् । थाईल्याण्डविरुद्धको खेलका लागि रोमा […]