default_image

8 months ago

July 13, 2024

सिन्धुपाल्चोकमा क्रिकेट प्रशिक्षक प्रशिक्षण

407 views

0 Bookmark

सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- सिन्धुपाल्चोकका सामुदायिक तथा संस्थागत विधालयका खेल शिक्षकका लागि विद्यालय क्रिकेट प्रशिक्षक प्रशिक्षण तथा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ

सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको आयोजनामा तथा ग्रेट हिमालय क्रिकेट एकेडेमीको समन्वयमा प्रशिक्षण भएको थियो।

ग्रस रुट क्रिकेट विकासको पहिलो खुड्किला विद्यालय बाट नै क्रिकेटको सुरूवात गर्नुपर्ने र शिक्षकले त्यसमा महत्वपूर्ण भुमिका रहने भएकोले प्रशिक्षण सन्चालन गरेको जिल्ला क्रिकेट संघका सचिव अजय कुमार धितालले बताए।

शनिबार समापन समारोहमा बागमती प्रदेश भौतिक पुर्वाधार चिकास मन्त्री युवराज दुलाल शरद ले सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको गतिविधिलाई सुरु देखि नै नियालेको र सिन्धुपाल्चोक क्रिकेटले छोटो समयमै छुट्टै पहिचान बनाएको बताए ।

उनले छुट्टै पहिचान बनाउन दिनरात मेहनत गर्ने सिन्धुपाल्चोक क्रिकेट संघ कार्यसमिति लाई आभार व्यक्त गर्दै सिन्धु क्रिकेटको लागि आफ्नो ठाउँ बाट साथ दिन तयार रहेको प्रतिबद्धता व्यक्त गरे।

भविष्यमा सिन्धुपाल्चोकमा संचालन हुने स्कुल क्रिकेट लिगको लागि यो प्रशिक्षण धेरै फलदायी हुने संघको उपाध्यक्ष राजन धितालले बताए ।

दुई दिन चलेको उक्त प्रशिक्षणमा सिन्धुपाल्चोकका विभिन्न विद्यालयका २७ जना प्रशिक्षार्थी प्रशिक्षक को सहभागिता थियो। उनीहरूलाई‌ प्रशिक्षक बङलादेशका मसुद हसनले प्रशिक्षण दिएका थिए।

समापन समारोहमा नेपाल क्रिकेट संघ का केन्द्रिय सदस्य सुदिप शर्माले यस्तो कार्यक्रमले ग्रासरुट क्रिकेट लाई टेवा पुग्ने विश्वास व्यक्त गरे।

March 5, 2025

न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो  ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको  थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]

March 5, 2025

रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा

काठमाडौं (हाम्रो खेलकुद)- सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधवार एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरे ।ललितपुर महानगरपालिका वडा २ स्थित सानेपामै खोलिएको एकेडेमी करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको छ । एकेडेमी तयार गर्न करिब ३० लाख रुपैयाँ खर्च भएको एकेडेमीले जनाएको छ । […]

March 5, 2025

न्युजिल्यान्डद्वारा दक्षिण अफ्रिकालाई विशाल लक्ष्य

एजेन्सी – रचिन रविन्द्र र केन विलियम्सनको सानदार साझेदारीमा न्युजिल्याण्डले च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा दक्षिण अफ्रिकालाई जितको लागि ३ सय ६३ रनको विशाल चुनौती दिएको छ। लाहोरको गद्दाफी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गर्यो। निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै ३ सय ६२ रनको सानदार योगफल बनायो। विल योङ्ग २१ रनना आउट हुँदा पहिलो विकेटको […]

Success

Thank you for your time.