default_image

7 months ago

July 13, 2024

भारतलाई एक खेल अगावै श्रृंखला

1920 views

0 Bookmark

एजेन्सी – लगातार तेस्रो खेलमा सफलता निकालेको भारतीय क्रिकेट टोलीले जिम्बाब्वे विरुद्धको टि-ट्वान्टी श्रृंखला एक खेल अगावै जितेको छ ।

पहिलो खेलमा हार बेहोरेको भारतले लगातार तीन खेल जित्दै शृंखला ३-१ ले जितेको हो ।

हरारेमा शनिबार भएको चौथो खेलमा भारतले घरेलु टोलीलाई १० विकेटले पराजित गरेको हो । १ सय ५३ रनको लक्ष्य भारतले १५.२ ओभरमा कुनै विकेट नगुमाई भेटाएको हो ।

भारतका लागि यशस्वी जैसवालले ५३ बलमा १३ चौका र २ छक्का सहित अविजित ९३ रन बनाए । शुभमन गिलले ३९ बलमा ६ चौका र २ छक्का सहित ५८ रन जोडे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्बाब्वेले ७ विकेटको क्षतिमा १ सय ५२ रन बनाएको थियो । जिम्बाब्वेका लागि कप्तान सिकन्दर राजाले २८ बलमा सर्वाधिक ४६ रन बनाए । तादीवानाशे मारुमानीलिए ३१ बलमा ३२ रन र वेसली मधेभेरेले २५ रन जोडे । डिअन मेयर्सले १२ रन थपे ।

भारतका लागि खलिल अहमदले २ तथा तुशार देशपाण्डे, वाशिंटन सुन्दर, अभिषेक शर्मा र शिवम दुबेले १-१ विकेट लिए ।

श्रृंखलाको अन्तिम खेल भोलि हुनेछ । भारतले पहिलो खेल १३ रनले हारेको थियो । दोस्रो खेल १ सय रनले र तेस्रो खेल २३ रनले जितेको थियो ।

February 4, 2025

नेपालको लगातार चौथो हार

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले लगातार चौथो हार बेहोरेको छ । मंगलवार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भयो । हारसँगै नेपालको उपाधी जित्ने सम्भावना समाप्त भएको छ । अपराजित थाइल्याण्डको भने उपाधी जित्ने सम्भावना बलियो बनेको छ । थाइल्याण्डले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित […]

February 4, 2025

अर्जुन ट्रफी – न्यु होराइजनको विजयी सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा न्यु होराइजन बुटवलले विजयी सुरुवात गरेको छ । मंगलवार भएको पहिलो खेलमा होराइजनले दशरथ चन्द क्रिकेट एकेडेमीलाई ५१ रनले पराजित गर्यो । होराइजनले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको दशरथ १४.५ ओभरमा १ सय ६ रनमा समेटियो । दशरथका लागि बसन्त खत्रीले सर्वाधिक २० […]

February 4, 2025

नेपालविरुद्ध थाइल्याण्डको मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको आफ्नो चौथो खेलमा थाइल्याण्डले नेपाललाई मध्यम लक्ष्य दिएको छ । जारी खेलमा नेपालले थाइल्याण्डबाट १ सय ७ रनको लक्ष्य पाएको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रनको मध्यम योगफल तयार गर्यो । […]

Success

Thank you for your time.