default_image

3 months ago

July 12, 2024

एन्डरसनको अन्तिम टेस्टमा इङ्ल्यान्डको जित

648 views

0 Bookmark

एजेन्सी – टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने तेस्रा बलर जेम्स एन्डरसनको बिदाइ खेलका रुपमा रहेको वेस्ट इन्डिज विरुद्धको टेस्ट इङ्ल्यान्डले एक इनिङ १ सय १४ रनको जित निकालेको छ ।

दोस्रो इनिङमा वेस्ट इण्डिज १ सय ३६ रनमा अल आउट भएपछि इल्यान्डले शुक्रबार फराकिलो जित हासिल गरेको थियो। पहिलो इनिङमा वेस्ट इन्डिजले १ सय २१ र इङ्ल्यान्डले ३ सय ७१ रन बनाएको थियो। ३ टेस्टको श्रृंखलामा घरेलु टोली इङ्ल्यान्डले १-० को अग्रता लिएको छ।

तीन दिनमै सकिएको टेस्टको दोस्रो इनिङमा वेस्ट इण्डिजका स्पिन अलराउन्डर गुडाकेश मोतीले ३५ बलमा ५ चौकासहित सर्वाधिक ३१ रन बनाए ।

एलिक एथानाजे २२ र जेसन होल्डरले २० रन जोडे ।इङ्ल्यान्डका गस एटकिन्सनले ५, जेम्स एन्डरसनले ३ र बेन स्टोक्सले २ विकेट लिए ।

त्यसअघि इङ्ल्यान्डले पहिलो इनिङमा ३ सय ७१ रनमा अल आउट भएको थियो । ओपनर ज्याक क्रलीले ८९ बलमा १४ चौकासहित सर्वाधिक ७६ रन बनाएका थिए।

डेब्यू खेलमा विकेटकिपर जेमी स्मिथले १ सय १९ बलमा ८ चौका र २ छक्कासहित ७० रन जोडेका थिए । ओली पोप ५७, जो रुट ६८, ह्यारी ब्रुक ५०, र क्रिस वोक्स २३ रनमा आउट भए ।

वेस्ट इण्डिजका जयडेन सिल्सले ४, जेसन होल्डर र गुडाकेश मोतीले समान २ विकेट लिएका थिए ।

लर्डसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इण्डिजले ओपनर मिक्ली लुइसले सर्वाधिक २७ रनको मद्दतमा १ सय २१ रन‌ बनाएको थियो। डेब्यू खेलमा नै ७ विकेट लिएका इङ्ल्यान्डका गस एटकिन्सनप्लेयर अफ द म्याच चुनिए ।

अन्तिम खेलमा ४ विकेट लिदै जितका साथ ४२ वर्षीय एन्डरसनले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन् । उनले १ सय ८८ टेस्टमा ७ सय ४ विकेट लिएका छन् ।

एन्डरसन भन्दा अघि श्रीलंका स्पिनर मथैया मुरलीधरन (८ सय विकेट) र अष्ट्रेलिया स्वर्गीय शेन वार्न (७ सय ८ विकेट) छन्।

October 18, 2024

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालले अमेरिकालाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा […]

October 18, 2024

श्रीलंकालाई वेस्ट इन्डिजविरुद्धको सिरिज

एजेन्सी – घरेलु टोली श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको टि ट्वान्टी सिरिजमा जित हासिल गरेको छ । श्रीलंकाको दाम्बुलामा बिहीवार भएको तेस्रो तथा निर्णायक खेलमा वेस्ट इन्डिजमाथि ९ विकेटको सानदार जित दर्ता गर्दै घरेलु टोलीले सिरिजमा जित हात पारेको हो । तीन खेलको टि ट्वान्टी सिरिज घरेलु टोलीले २-१ ले जित हात पायो । पाहुना टोलीले दिएको […]

October 18, 2024

अमेरिकाका दुवै ओपनर आउट

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाका दुवै ओपनरलाई आउट गराएको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा जारी खेलमा अमेरिकाका दुवै ओपनर आउट भएका हुन् । पहिलो विकेटका रुपमा ओपनर साइतेजा मुककामल्ला करण केसीको बलमा कप्तान रोहितकुमार पौडेलबाट समातिए । उनी दोस्रो ओभरको पाँचौ बलमा २ रन बनाउँदै आउट भएका थिए । पहिलो विकेटका लागि […]

Success

Thank you for your time.