7 months ago
July 9, 2024
एजेन्सी – पूर्वओपनर गौतम गम्भीर भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।
गम्भीर सन् २००७ मा टि ट्वान्टी र २०११ मा भारतले एक दिवसीय विश्वकप जित्दा टोलीको सदस्य थिए।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआईं) का सचिव जय शाहले गम्भीरलाई नियुक्त गरिएको मंगलबार जानकारी दिएका छन्। गम्भीर टेस्ट, एक दिवसीय र टि ट्वान्टी तीनवटै ढाँचाका प्रशिक्षक नियुक्त भएका हुन्।
यसअघि राहुल द्रविड भारतीय टोलीलाई प्रशिक्षण दिदै आएका थिए । उनको प्रशिक्षणमा भारतले हालै आइसिसी टि ट्वान्टी विश्वकपको उपाधि जितेको थियो।
गम्भीरको कार्यकाल साढे ३ वर्षको हुने बताइएको छ। बीसीसीआईले आवेदन आह्वान गरेकोमा गम्भीर र भारतीय महिला टोलीका पूर्वप्रशिक्षक डब्ल्यूभी रमनको आवेदन परेको थियो।
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लोकेश बमको अर्धशतक सहयोगमा डिसिए धनगढीले अर्जुन ट्रफीमा दोस्रो जित हासिल गरेको छ । मंगलवारको दोस्रो खेमा बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । बोष्टन भने लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । धनगढीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको बोष्टनले निर्धारित २० […]
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले लगातार चौथो हार बेहोरेको छ । मंगलवार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भयो । हारसँगै नेपालको उपाधी जित्ने सम्भावना समाप्त भएको छ । अपराजित थाइल्याण्डको भने उपाधी जित्ने सम्भावना बलियो बनेको छ । थाइल्याण्डले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित […]
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा न्यु होराइजन बुटवलले विजयी सुरुवात गरेको छ । मंगलवार भएको पहिलो खेलमा होराइजनले दशरथ चन्द क्रिकेट एकेडेमीलाई ५१ रनले पराजित गर्यो । होराइजनले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको दशरथ १४.५ ओभरमा १ सय ६ रनमा समेटियो । दशरथका लागि बसन्त खत्रीले सर्वाधिक २० […]