default_image

2 months ago

July 9, 2024

पहिलो अभ्यास खेलमा नेपाल पराजित

2604 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसिसि महिला एशिया कपका लागि श्रीलंका पुगेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली पहिलो अभ्यास खेलमा पराजित भएको छ । नेपाल श्रीलंका विकास टोली विरुद्ध डकवर्थ लुइस स्टर्न पद्धति अनुसार ३३ रनले पराजित भएको हो ।

वर्षाले प्रभावित खेलमा १५ ओभरमा ९६ रनको लक्ष्य पाएको नेपालले १५ ओभर खेल्दै ९ विकेट गुमाएर ६३ रन मात्र बनाउन सक्यो । नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक १७ रन बनाइन् । यस्तै सिता राना मगरले ११ रन जोडिन् ।

त्यसअघि श्रीलंकन टोलीले २० ओभरमा ८ विकेटको क्षतिमा ११८ रन बनाएको थियो । नेपालकी सबनम राईले ३ विकेट लिएकी थिइन्

।नेपालले अब आएको अभ्यास खेल सोही टोली विरुद्ध बुधवार खेल्नेछ । तेस्रो अभ्यास खेल भने जुलाई १६ का दिन हुनेछ ।

नेपालले एशिया कपको उद्दघाटन खेलमा जुलाई १९ मा युएई विरुद्ध खेल्नेछ । नेपाल रहेको समूहमा भारत र पाकिस्तान समेत रहेका छन् ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.