7 months ago
July 6, 2024
एजेन्सी – पाँच टि-ट्वान्टी खेलका लागि जिम्बाब्वे पुगेको भारतीय क्रिकेट टोली पहिलो खेलमा पराजित भएको छ । हरारेमा भएको पहिलो खेलमा भारत घरेलु टोलीसँग १३ रनले पराजित भएको हो ।
जिम्बाब्वेले दिएको १ सय १६ रनको सामान्य लक्ष्य पछ्याएको भारत १९.५ ओभरमा १ सय २ रनमा समेटियो ।
भारतका लागि कप्तान शुभमन गिलले २९ बलमा ५ चौका सहित सर्वाधिक ३१ रन बनाए। गस्ती वाशिंटन सुन्दरले २७ र आभेस खानले १६ रन जोडे । अन्य ब्याटरले भने दोहोरो अङ्क छुन सकेनन् ।
जिम्बाब्वेका लागि कप्तान सिकन्दर राजा र टेन्डाई चटाराले समान ३ विकेट लिए । ब्रायन बेनेट, वेलिङटन मसाकाड्जा, ब्लेसिङ मुजराबानी र लुक जोङवेले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको घरेलु टोलीमा जिम्बाब्वेले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १९ रन बनाएको थियो । जिम्बाब्वेका लागि क्लाइभ मडान्डेले २९, डियन मायर्सले २३, ब्रायन बेनेटले २२ र वेस्ली मधेभेरेले २१ रन बनाएका थिए ।
भारतका लागि रभी बिश्नोईले ४ विकेट लिए भने वाशिंटन सुन्दरले २ विकेट लिए । मुकेश कुमार र आभेस खानले समान १ विकेट लिए ।
शृंखलाको दोस्रो खेल आइतबार हुनेछ । हालैमात्र टि-ट्वान्टी विश्वकप जितेको भारतीय टोलीले युवा खेलाडी सम्मिलित टोलीलाई जिम्बाब्वे पठाएको छ ।
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लोकेश बमको अर्धशतक सहयोगमा डिसिए धनगढीले अर्जुन ट्रफीमा दोस्रो जित हासिल गरेको छ । मंगलवारको दोस्रो खेमा बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । बोष्टन भने लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । धनगढीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको बोष्टनले निर्धारित २० […]
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले लगातार चौथो हार बेहोरेको छ । मंगलवार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भयो । हारसँगै नेपालको उपाधी जित्ने सम्भावना समाप्त भएको छ । अपराजित थाइल्याण्डको भने उपाधी जित्ने सम्भावना बलियो बनेको छ । थाइल्याण्डले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित […]
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा न्यु होराइजन बुटवलले विजयी सुरुवात गरेको छ । मंगलवार भएको पहिलो खेलमा होराइजनले दशरथ चन्द क्रिकेट एकेडेमीलाई ५१ रनले पराजित गर्यो । होराइजनले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको दशरथ १४.५ ओभरमा १ सय ६ रनमा समेटियो । दशरथका लागि बसन्त खत्रीले सर्वाधिक २० […]