8 months ago
July 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसिसि महिला एशिया कप २०२४ मा सहभागी हुने नेपाली महिला क्रिकेट टोलीले तयारीका लागि तीन अभ्यास खेल खेल्ने भएको छ । नेपाली टोलीले श्रीलंका क्रिकेट बोर्डको विकास टोली विरुद्ध तीन खेल खेल्ने भएको हो ।
नेपाली महिला टोलीको श्रीलंकामा तयारीको तालिका सार्वजनिक गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले सो तीन खेलको तालिका घोषणा गरेको हो । नेपाली टोलीले ३ खेल सरी भिलेजमा जुलाई ९, १० र १६ मा खेल्नेछ ।
घोषणा गर्दै सामाजिक सञ्जालमा क्यानले महिला विकास टोली विरुद्ध खेल्ने मौका प्रदान गरेकोमा श्रीलंका क्रिकेट बोर्डलाई धन्यवाद समेत प्रदान गरेको छ ।
जुलाई १९ देखि सुरु हुने महिला एशिया कपमा नेपाल भारत, पाकिस्तान र युएई सँगै समूह ए मा रहेको छ ।
प्रतियोगिताको उद्दघाटन खेलमा नेपालले युएईसँग भिड्ने तालिका रहेको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको संशोधित खेल तालिका अनुसार जुलाई १९ मा उद्दघाटन खेलमा नेपाल र युएई भिड्ने छन् ।
यसअघि सार्वजनिक भएको तालिकामा नेपालको पहिलो खेल पाकिस्तानसँग थियो । समूह ए मा रहेको नेपालले अब पाकिस्तान विरुद्ध जुलाई २१ मा खेल्नेछ भने भारत विरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ ।
समूह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
नेपाली टोली:
इन्दु वर्मा (कप्तान),रुविना क्षेत्री, सिता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) , पूजा महतो, डली भट्ट, विन्दु रावल, रोमा थापा, कृतिका मरासिनी, सबनम राई, राजमती ऐरी
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]