7 months ago
July 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – म्याच फिक्सिङको मुद्दाबाट सफाइ पाएका अलराउन्डर आदिल आलमको निलम्बन फुकुवा सम्बन्धी प्रक्रिया अघि बढेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय समिति बैठक सफाई पाएका आदिलको निलम्बन फुकुवा सम्बन्धित प्रक्रिया अघि बढाएको छ ।
बैठकले अल राउन्डर आदिल निलम्बन फुकुवाको प्रकिया क्यानको अनुशासन समितिलाई १ हप्ता भित्र निर्णय गर्न जिम्मेवारी समेत दिएको छ । आदिल लगायत सबैजनाले सो मुद्दाबाट गत मार्चमा सफाई पाएका थिए ।
स्पट फिक्सिङ गरेको आरोप लागेपछि आदिल नेपाली टोली र घरेलु क्रिकेटबाट प्रतिबन्धमा थिए । आरोपपछि पक्राउ परेका उनी र पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर महबुब आमल र नितेश गुप्तालाई ३ लाख धरौटी रिहा भएका थिए ।
अनुसन्धानको क्रममा सिआइबीले १२ जनालाई प्रतिवादी बनाएर काठमाडौं सरकारी वकिल कार्यालयलाई बुझाएको थियो। कार्यालयले ५ जनाविरूद्धमात्रै मुद्दा दर्ता गरेको थियो । दुई जना फरार नै थिए । अन्यको ठेगाना नखुलेको भन्दै मुद्दा दर्ता गरिएको थिएन।
आदिल प्रतिभावान खेलाडी हुन् । उनले नेपालबाट ६ ओडीआई र ८ टि ट्वान्टी आई खेलेका छन् । उनले सन् २०२२ मा अमेरिकाविरुद्ध खेल्दै ओडीआईमा डेब्यू गरेका थिए । सोही वर्ष पपुवा न्युगिनीविरुद्ध त्रिवि क्रिकेट मैदानमा टि ट्वान्टी आईमा डेब्यू गरेका थिए ।
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लोकेश बमको अर्धशतक सहयोगमा डिसिए धनगढीले अर्जुन ट्रफीमा दोस्रो जित हासिल गरेको छ । मंगलवारको दोस्रो खेमा बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । बोष्टन भने लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । धनगढीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको बोष्टनले निर्धारित २० […]
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले लगातार चौथो हार बेहोरेको छ । मंगलवार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भयो । हारसँगै नेपालको उपाधी जित्ने सम्भावना समाप्त भएको छ । अपराजित थाइल्याण्डको भने उपाधी जित्ने सम्भावना बलियो बनेको छ । थाइल्याण्डले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित […]
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा न्यु होराइजन बुटवलले विजयी सुरुवात गरेको छ । मंगलवार भएको पहिलो खेलमा होराइजनले दशरथ चन्द क्रिकेट एकेडेमीलाई ५१ रनले पराजित गर्यो । होराइजनले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको दशरथ १४.५ ओभरमा १ सय ६ रनमा समेटियो । दशरथका लागि बसन्त खत्रीले सर्वाधिक २० […]