7 months ago
July 5, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फ्रेन्चाइज टि -ट्वान्टी क्रिकेट नेपाल प्रिमियर लिग (एनपिएल) आउँदो नोभेम्बर /डिसेम्बर (कार्तिक/ मंसिर) हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को शुक्रबार सकिएको केन्द्रीय समितिको दुई दिने बैठकले यसै वर्ष सो एनपिएल आयोजना गर्ने निर्णय गरेको हो ।
पछिल्लो पटक नेपाल टि ट्वान्टी प्रतियोगितामा विभिन्न विवादमा मुछिएको थियो । क्यानले भारतीय कम्पनी सेभेनथ्री स्पोर्ट्स सँग ८ वर्षका लागि प्रतियोगिता गर्ने सम्झौता गरेको थियो ।
तर लगातार विवादमा परेका कारण क्यानले सो सम्झौता रद्द गर्दै आफै सो लिग आयोजना गर्ने निर्णय लिएको थियो । सोही लिग यसै वर्ष हुने भएको हो ।
क्यानले प्रतियोगितामा सहभागी टोलीहरूको लागि प्रक्रिया भने पछि सुरु गर्नेछ ।
यस्तै क्यानले सोही नेपाल टि-२० का बेला म्याच फिक्सिङमा मुछिएका अल राउन्डर आदिल आलमको निलम्बन फुकुवाको प्रकिया सम्बन्धमा संघको अनुसन्धान समितिलाई १ हप्ता भित्र निर्णय गर्न जिम्मेवारी समेत दिएको छ ।
स्पट फिक्सिङ गरेको आरोप लागेपछि आदिल नेपाली टोली र घरेलु क्रिकेटबाट प्रतिबन्धमा थिए । आरोपपछि पक्राउ परेका उनी र पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर महबुब आमल र नितेश गुप्तालाई ३ लाख धरौटी रिहा भएका थिए ।
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लोकेश बमको अर्धशतक सहयोगमा डिसिए धनगढीले अर्जुन ट्रफीमा दोस्रो जित हासिल गरेको छ । मंगलवारको दोस्रो खेमा बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । बोष्टन भने लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । धनगढीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको बोष्टनले निर्धारित २० […]
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले लगातार चौथो हार बेहोरेको छ । मंगलवार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भयो । हारसँगै नेपालको उपाधी जित्ने सम्भावना समाप्त भएको छ । अपराजित थाइल्याण्डको भने उपाधी जित्ने सम्भावना बलियो बनेको छ । थाइल्याण्डले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित […]
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा न्यु होराइजन बुटवलले विजयी सुरुवात गरेको छ । मंगलवार भएको पहिलो खेलमा होराइजनले दशरथ चन्द क्रिकेट एकेडेमीलाई ५१ रनले पराजित गर्यो । होराइजनले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको दशरथ १४.५ ओभरमा १ सय ६ रनमा समेटियो । दशरथका लागि बसन्त खत्रीले सर्वाधिक २० […]