7 months ago
July 5, 2024
काठमाडौं (हाम्रोखेलकुद) – नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दिप लामिछाने सेन्ट्रल कन्ट्रयाक्टमा पुनर्स्थापित भएका छन् । बिहीबार र शुक्रवार बसेको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय समिति बैठकले सन्दिपलाई पुनः सेन्ट्रल कन्ट्रयाक्टमा अनुबन्ध गर्ने निर्णय गरेको हो ।
सन्दिप सेन्ट्रल कन्ट्रयाक्टको ‘ए’ ग्रेडमा रहने क्यानले जानकारी गराएको छ । उनलाई टि-२ ०आईमा १०० विकेट लिएका बधाई दिदाँ जुलाई १, २०२४ देखि डिसेम्बर ३१, २०२४ सम्म केन्द्रीय सम्झौतामा राखिएको छ ।
बलात्कारी मुद्दामा दोषी ठहर भएसँगै निलम्बनमा परेका सन्दिपले सफाई पाएपछि क्यानले जेठ २ गते उनको निलम्बन फुकुवा गरेको थियो । निलम्बन फुकुवा भएसँगै अमेरिकाको भिसा नपाएपनि उनले वेस्ट इन्दिजमा नेपालले खेलमा आइसिसी टि-२० विश्वकप अन्तर्गतका दक्षिण अफ्रिका र बंगलादेश विरुद्धका खेलहरु खेलेका थिए ।
उनलाई क्यानले घरेलु तथा अन्तराष्ट्रिय प्रतियोगिता झेल्न नपाउनेगरी गत पुस २६ गरे निलम्बन गरेको थियो । निलम्बनमा रहेका कारण उनी सेन्ट्रल कन्ट्रयाक्टको सूचीमा रहेका थिएनन् ।
यस्तै क्यानले केन्द्रीय सदस्य समेत रहेका छुम्बी लामालाई प्रवक्ता समेत नियुक्त गरेको छ ।
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लोकेश बमको अर्धशतक सहयोगमा डिसिए धनगढीले अर्जुन ट्रफीमा दोस्रो जित हासिल गरेको छ । मंगलवारको दोस्रो खेमा बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । बोष्टन भने लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । धनगढीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको बोष्टनले निर्धारित २० […]
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले लगातार चौथो हार बेहोरेको छ । मंगलवार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भयो । हारसँगै नेपालको उपाधी जित्ने सम्भावना समाप्त भएको छ । अपराजित थाइल्याण्डको भने उपाधी जित्ने सम्भावना बलियो बनेको छ । थाइल्याण्डले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित […]
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा न्यु होराइजन बुटवलले विजयी सुरुवात गरेको छ । मंगलवार भएको पहिलो खेलमा होराइजनले दशरथ चन्द क्रिकेट एकेडेमीलाई ५१ रनले पराजित गर्यो । होराइजनले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको दशरथ १४.५ ओभरमा १ सय ६ रनमा समेटियो । दशरथका लागि बसन्त खत्रीले सर्वाधिक २० […]