default_image

9 months ago

June 30, 2024

टि ट्वान्टीबाट कप्तान रोहितको पनि सन्न्यास

13591 views

0 Bookmark

एजेन्सी – टि ट्वान्टी विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि‌ ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन्।

त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए ।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक क्षण आनन्द लिए। विदा लिने यो‌ समय हो।’

शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले दोस्रो पटक टि ट्वान्टी विश्वकप जितेको थियो। यसअघि भारत सन्‌ २००७ मा भएको पहिलो संस्करणमा च्याम्पियन बनेको थियो। रोहित त्यतिबेला पनि टोलीका सदस्य थिए ।

आफूले चाहेको सफलता पाएको उल्लेख गर्दै भने, ‘म यो उपाधि जित्न चाहन्थे। सन्चारकर्मीलाई पनि धन्यवाद दिन चाहन्छु।’

उनले उपाधि टोलीका प्रशिक्षक राहुल द्रविडलाई समर्पित गरेको बताए । ‘उहाँले पछिल्लो २०/२५ वर्ष भारतीय क्रिकेटका लागि योगदान गर्नुभएको थियो। यो पाटो छुटेको थियो। उनका लागि हामीले यो सफलता दिलाउन सकेकोमा पुरै टोलीकातर्फ खुसी व्यक्त गर्दछु।,’

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.