default_image

9 months ago

June 30, 2024

टि ट्वान्टी आईबाट विराटको सन्न्यास

5706 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका ब्याटर विराट कोहलीले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यासको‌ घोषणा गरका छन्।

भारतलाई दोस्रो पटक टि ट्वान्टी विश्वकप उपाधि जिताउने क्रममा विराटले प्लेयर अफ दि म्याच प्रदर्शन गरेका थिए।

सेमिफाइनलसम्म नचलेका कोहलीले फाइनलमा ५९ बलमा ६ चौका र २ छक्कासहित ७६ रन बनाएका थिए।

भारतले १७ वर्षपछि टि ट्वान्टी र १३ वर्ष आइसिसीको‌ उपाधि जितेको हो। सन् २००७ मा टि ट्वान्टी र पछिल्लो पटक २०११ मा एस दिवसिय विश्वकपको उपाधि जितेको थियो। एक दिवसीय विश्वकप जित्दा टोलीको सदस्य रहेका विराटको यो पहिलो टि ट्वान्टी विश्वकप उपाधि हो।

छैटौं पटक टि ट्वान्टी विश्वकप खेलेका विराटले प्लेयर अफ बनेपछि भने  ‘यो सन्यास लिने सही समय हो। अब नयाँ पुस्ताले अगाडि बढाउनु पर्छ । यो‌ मेरो अन्तिम टि ट्वान्टी विश्वकप हो ।’

March 13, 2025

नेपाल फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]

March 13, 2025

नेपालविरुद्ध युगाण्डाको प्रतिस्पर्धात्मक योगफल

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]

March 13, 2025

प्रज्वलको अर्धशतकमा लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]

Success

Thank you for your time.