7 months ago
June 29, 2024
एजेन्सी – आइसिसी टि-ट्वान्टी विश्वकप २०२४ को फाइनल खेलमा दक्षिण अफ्रिका विरुद्ध भारतले पहिला ब्याटिङ गर्ने भएको छ ।
बार्बाडोसमा भारतीय टोलीका कप्तान रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
फाइनलमा दुवै टोलीले कुनै परिवर्तन गरेका छैनन् । सेमिफाइनलमा जित हासिल गरेका टोली नै फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
भारत: रोहित शर्मा (कप्तान), विराट कोहली, ऋषभ पन्त, सूर्यकुमार यादव, शिभम दुबे, हार्दिक पन्ड्या, रविन्द्र जडेजा, अक्षर पटेल, अर्शदिप सिंह, कुलदीप यादव, जस्पृत बुम्राह
दक्षिण अफ्रिका: क्विन्टन डीकक, रिजा हेन्ड्रीक्स, एइडन मार्क्रम, ट्रीस्टन स्टब्स, हैनरिक क्लासेन, डेविड मिलर, मार्को यानसन, केशव महाराज, कागिसो रबाडा, एनरिच नोर्टजे, तब्रेज शम्शी
जारी विश्वकपमा यी दुई टोली मात्र अपराजित रहँदै अन्तिम दुईमा पुगेका हुन् ।
दक्षिण अफ्रिकाले खेलेका सबै ८ खेल जितेको थियो। समूह चरणमा क्यानाडा सँगको खेल रद्द भए बाहेक भारतले पनि खेलेका सबै खेल जितेको थियो। विश्वकपको फाइनल खेल नेपाली समय अनुसार राति ८:१५ बजे सुरु हुने छ ।
दक्षिण अफ्रिका आइसीसी प्रतियोगिताको पहिलो उपाधिका लागि चुनौती पेश गर्दैछ। भारत ११ वर्षयताको उपाधि खडेरी तोड्ने योजनामा छ ।
सन् २००७ मा दक्षिण अफ्रिकामै आयोजना भएको पहिलो संस्करणको विजेता भारत २०१४ को फाइनलमा श्रीलंकासँग पराजित भएको थियो ।
दक्षिण अफ्रिका सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै पहिलो पटक आइसीसी प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो । टि ट्वान्टी विश्वकपमा भारतको यो तेस्रो फाइनल हो ।
भारतले सुपर एटमा एकदिवसीय विश्वकप च्याम्पियन अष्ट्रेलियालाई हराएको थियो। सेमिफाइनलमा साविक विजेता इंग्ल्यान्डलाई पराजित गरेको थियो।
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लोकेश बमको अर्धशतक सहयोगमा डिसिए धनगढीले अर्जुन ट्रफीमा दोस्रो जित हासिल गरेको छ । मंगलवारको दोस्रो खेमा बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । बोष्टन भने लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । धनगढीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको बोष्टनले निर्धारित २० […]
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले लगातार चौथो हार बेहोरेको छ । मंगलवार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भयो । हारसँगै नेपालको उपाधी जित्ने सम्भावना समाप्त भएको छ । अपराजित थाइल्याण्डको भने उपाधी जित्ने सम्भावना बलियो बनेको छ । थाइल्याण्डले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित […]
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा न्यु होराइजन बुटवलले विजयी सुरुवात गरेको छ । मंगलवार भएको पहिलो खेलमा होराइजनले दशरथ चन्द क्रिकेट एकेडेमीलाई ५१ रनले पराजित गर्यो । होराइजनले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको दशरथ १४.५ ओभरमा १ सय ६ रनमा समेटियो । दशरथका लागि बसन्त खत्रीले सर्वाधिक २० […]