8 months ago
June 27, 2024
एजेन्सी – साविक विजेता इङ्ल्यान्ड र भारतबीच टि-ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनल बर्षाका कारण प्रभावित भएको छ।
नेपाली समय अनुसार बेलुका ८:१५ बजे गयानामा सुरु हुनुपर्ने खेलअघि बर्षा भएपछि टस पनि भएको छैन। अहि वर्षा रोकिएको छ। केही समयमा मैदानको निरीक्षणपछि खेलका बारेमा नयाँ जानकारी आउनेछ।
पहिलो सेमिफाइनलमा रिजर्व दिन रहेपनि दोस्रो सेमिफाइनलमा आइसिसीले रिजर्व दिन राखेको छैन ।
वर्षाका कारण खेल हुन नसकेको खण्डमा भारत फाइनल प्रवेश गर्नेछ ।
भारतले सुपर एट चरणमा समूहको शीर्ष स्थान हासिल गरेकाले आफ्नो समूह उपविजेता बनेको इङ्ल्यान्ड भन्दा अघि रहँदै फाइनल प्रवेश गर्नेछ ।
एक समय समूह चरणबाट बाहिरिने सम्भावना रहेको इङ्ल्यान्ड सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको थियो । समूह चरणमा ४ मध्य २ खेल जितेको इङ्ल्यान्ड अष्ट्रेलिया विरुद्ध पराजित भएको थियो । एक खेल वर्षाका कारण रद्द भएको थियो ।
सुपर एट चरणमा भने इङ्ल्यान्डले दुई खेल जितेको थियो भने दक्षिण अफ्रिका विरुद्ध पराजित भएको थियो । अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनल पुगिसकेको छ।
सन् २०१० मा पहिलो उपाधि जितेको इङ्ल्यान्ड पछिल्लो २०२२ मा च्याम्पियन बनेको थियो। २०१६ मा अप्रत्यासित ढंगले वेस्ट इन्डिजलाई फाइनल खेल सुम्पिएको इङ्ल्यान्ड जस बटलरको कप्तानीमा दोस्रो उपाधि जित्न चाहन्छ ।
उता भारत हालसम्म प्रतियोगितामा अपराजित रहेको छ । समूह चरणमा भारतले ४ मध्य ३ खेल जित्दा क्यानडा विरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो । सुपर एट चरणमा भने भारतले अफगानिस्तान, बंगलादेश र अष्ट्रेलिया माथि जित हासिल गरेको थियो ।
२००७ को पहिलो संस्करण जितेको भारतले त्यसपछि भने उपाधि जित्न सकेको छैन । २०१४ मा फाइनलमा श्रीलंका विरुद्ध पराजित हुँदा नै भारत दोस्रो उपाधिको सबैभन्दा नजिक पुगेको थियो ।
२०२३ म ओडिआई विश्वकपको फाइनलमा पराजित भारत यसपटक पनि मुख्य दाबेदार मध्ये एक हो। २०१३ को च्याम्पियन्स ट्रफी जितेको भारतले त्यसयता आइसिसीको उपाधि विहिन रहँदै आएको छ।
March 6, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]
March 5, 2025
एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]
March 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधवार एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरे ।ललितपुर महानगरपालिका वडा २ स्थित सानेपामै खोलिएको एकेडेमी करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको छ । एकेडेमी तयार गर्न करिब ३० लाख रुपैयाँ खर्च भएको एकेडेमीले जनाएको छ । […]