7 months ago
June 27, 2024
एजेन्सी – साविक विजेता इङ्ल्यान्डले उपाधि रक्षाको यात्रा जारी राख्दै आइसिसी टि-ट्वान्टी विश्वकप २०२४ को फाइनल प्रवेशका लागि आज भारत विरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ८:१५ बजे गयानामा सुरु हुनेछ ।
निकै उत्सुकताका साथ हेरिएको यस खेलमा वर्षा बाधक बन्ने सम्भावना भने रहेको छ । पहिलो सेमिफाइनलमा रिजर्व दिन रहेपनि दोस्रो सेमिफाइनलमा आइसिसीले रिजर्व दिन राखेको छैन ।
वर्षाका कारण खेल हुन नसकेको खण्डमा भारत फाइनल प्रवेश गर्नेछ । भारतले सुपर एट चरणमा समूहको शीर्ष स्थान हासिल गरेकाले समूह उपविजेता बनेको इङ्ल्यान्ड भन्दा अघि रहँदै फाइनल प्रवेश गर्नेछ ।
एक समय समूह चरणबाट बाहिरिने सम्भावना रहेको इङ्ल्यान्ड सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको थियो । समूह चरणमा ४ मध्य २ खेल जितेको इङ्ल्यान्ड अष्ट्रेलिया विरुद्ध पराजित भएको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो ।
सुपर एट चरणमा भने इङ्ल्यान्डले दुई खेल जितेको थियो भने दक्षिण अफ्रिका विरुद्ध पराजित भएको थियो । अफगानिस्तानलाई हराउँदै दक्षिण अफ्रिका फाइनल पुगिसकेको छ।
सन् २०१० मा पहिलो उपाधि जितेको इङ्ल्यान्ड पछिल्लो २०२२ मा च्याम्पियन बनेको थियो। २०१६ मा अप्रत्यासित ढंगले वेस्ट इन्डिजलाई फाइनल खेल सुम्पिएको इङ्ल्यान्ड जस बटलरको कप्तानीमा लगातार दोस्रो उपाधि जित्न चाहन्छ ।
उता भारत हालसम्म प्रतियोगितामा अपराजित रहेको छ । समूह चरणमा भारतले ४ मध्य ३ खेल जित्दा क्यानडा विरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो । सुपर एट चरणमा भने भारतले अफगानिस्तान, बंगलादेश र अष्ट्रेलिया माथि जित हात पारेको थियो ।
२००७ को पहिलो संस्करण जितेको भारतले त्यसपछि भने उपाधि जित्न सकेको छैन । २०१४ मा फाइनलमा श्रीलंका विरुद्ध पराजित हुँदा नै भारत दोस्रो उपाधिको सबैभन्दा नजिक पुगेको थियो । २०२३ म ओडिआई विश्वकपको फाइनलमा पराजित भारत यसपटक भने उपाधि जित्ने दाउमा नै रहेको छ । २०१३ को च्याम्पियन्स ट्रफी पश्चात भारतले कुनै आइसिसी उपाधि जितेको छैन ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपाल पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल बुधवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल […]
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लोकेश बमको अर्धशतक सहयोगमा डिसिए धनगढीले अर्जुन ट्रफीमा दोस्रो जित हासिल गरेको छ । मंगलवारको दोस्रो खेमा बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । बोष्टन भने लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । धनगढीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको बोष्टनले निर्धारित २० […]
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपालले लगातार चौथो हार बेहोरेको छ । मंगलवार भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भयो । हारसँगै नेपालको उपाधी जित्ने सम्भावना समाप्त भएको छ । अपराजित थाइल्याण्डको भने उपाधी जित्ने सम्भावना बलियो बनेको छ । थाइल्याण्डले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित […]