8 months ago
June 27, 2024
एजेन्सी – पहिलो पटक आइसीसी टि ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनल खेलिरहेको अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
ट्रिनिडाड एन्ड टोबेगोको ब्रायन लारा रंगशालामा टस जितेर अफगानिस्तानले ब्याटिङ रोजेको हो । यी दुई मध्ये जुन टोली फाइनल पुगेपनि त्यो पहिलो पटक हुनेछ ।
दक्षिण अफ्रिकाले तेस्रो पटक सेमिफाइनल खेल्दैछ ।
भारतसँग पराजित भएको अफगानिस्तान अष्ट्रेलिया र बंगलादेशलाई हराउँदै इतिहासमा पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।
अफगानिस्तान सुपर-८ को समूह १ को उपविजेताको रुपमा अन्तिम चारमा पुगेको हो । दक्षिण अफ्रिका यसअघि सन् २००९ र २०१४ को टि ट्वान्टी विश्वकपको सेमिफाइनल पुगेको थियो। यस पटक समूह २ को विजेता बन्दै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो ।
जारी विश्वकप दक्षिण अफ्रिका र भारत मात्र ७ खेलमा अपराजित छन् । भारतले शुक्रबार दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डको सामना गर्नेछ।
दक्षिण अफ्रिकाले समूह चरणमा नेपाल, बंगलादेश, नेदरल्यान्ड्स र श्रीलंकालाई हराएको थियो । सुपर-८ को समूह २ मा इंग्ल्यान्ड, अमेरिका र वेष्टइण्डिजलाई हराउँदै दक्षिण अफ्रिका १० वर्षपछि सेमिफाइनलमा पुगेको हो ।
दक्षिण अफ्रिका र अफगानिस्तानबीच अहिलेसम्म भएका टि ट्वान्टी आईका दुबै खेल दक्षिण अफ्रिकाले जितेको थियो ।
March 6, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]
March 5, 2025
एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]
March 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधवार एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरे ।ललितपुर महानगरपालिका वडा २ स्थित सानेपामै खोलिएको एकेडेमी करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको छ । एकेडेमी तयार गर्न करिब ३० लाख रुपैयाँ खर्च भएको एकेडेमीले जनाएको छ । […]