8 months ago
June 25, 2024
एजेन्सी – बंगलादेशलाई हराउँदै अफगानिस्तान पहिलो पटक आइसिसी टि-ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
वर्षाले प्रभावित भएको सोमबारको खेलमा अफगानिस्तानलाई डकवर्थ लुइसका आधारमा ८ रनले हराएको हो ।
अफगानिस्तान सेमिफाइनलमा पुग्दा अष्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ । अफगानिस्तान र भारतसँग पराजित अष्ट्रेलिया सुपर एट चरण बाट नै बाहिरिएको हो ।
समूह १ मा भारत ६ अंक सहित समूह विजेता बन्दा दोस्रो अफगानिस्तानको ३ खेलमा ४ अंक रह्यो । अष्ट्रेलिया २ अंक सहित तेस्रो स्थानमा रह्यो भने बंगलादेशले अंक जोड्न सकेन।
अफगानिस्तानले फाइनल प्रवेशका लागि दक्षिण अफ्रिकाको सामना गर्नेछ । अर्को सेमिफाइनलमा भारत र इङ्ल्यान्ड भिड्ने छन् ।
डिएलमा बंगलादेशले जितका लागि १९ ओभरमा १ सय १४ रन बनाउनुपर्ने थियो । तर ७ बल बाँकी छँदा बंगलादेश १ सय ५ रनमा समेटियो । बंगलादेशका लागि ओपनर लिटन दास इनिङको सुरुवात देखि अन्तिमसम्म क्रिजमा डटेर अविजित रहे । तर अर्कोतर्फ लगातार विकेट खसेपछि बंगलादेशलाई उनले पार लगाउन सकेनन् ।
लिटनले ४९ बलमा ५४ रन बनाएका थिए । अन्य ब्याटरको प्रदर्शन भने राम्रो रहेन । टोहिद हृदाेयको १४ रन नै दोस्रो ठूलो स्कोर रहेको थियो ।
अफगानिस्तानका लागि नभिन-उल-हक र राशिद खानले समान ४-४ विकेट लिए । फजलहक फरूकी र गुलबदिन नैबले समान १ विकेट लिए ।
त्यसअघि सेन्ट भिन्सेन्टमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १ सय १५ रन जोडेको थियो । अफगानिस्तानका रहमनुल्लाह गुर्बाजले ५५ बलमा ४३ रन बनाएका थिए । राशिद खानले १९ रन बनाउँदा इब्राहिम जाद्रानले १८ रन बनाए ।
बंगलादेशका लागि ऋषाद होसेनले ३ तथा तास्किन अहमद र मुस्तफिजुर रहमानले १-१ विकेट लिए ।
March 6, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]
March 5, 2025
एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]
March 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधवार एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरे ।ललितपुर महानगरपालिका वडा २ स्थित सानेपामै खोलिएको एकेडेमी करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको छ । एकेडेमी तयार गर्न करिब ३० लाख रुपैयाँ खर्च भएको एकेडेमीले जनाएको छ । […]