default_image

9 months ago

June 24, 2024

वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

3056 views

0 Bookmark

एजेन्सी – वेस्ट इन्डिज माथि जित दर्ता गर्दै दक्षिण अफ्रिका आइसिसी टि-ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

सुपर एट चरणको आफ्नो अन्तिम खेलमा सोमबार ३ विकेटको जित निकालेको दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

डकवर्थ लुइसका आधारमा १७ ओभरमा १ सय २३ रनको लक्ष्य दक्षिण अफ्रिकाले ५ बल बाँकी छँदै पूरा गरेको हो ।

अन्तिम दुई ओभरमा १३ रन चाहिएकोमा चेजको १६औं ओभरमा केशव महाराजको विकेट सहित ८ रन आएको थियो । १९ औं ओभरको अन्तिम बलमा कागिसो रबाडाले चौका प्रहार गरेपछि दक्षिण अफ्रिकाका लागि केही सहज अवस्था सिर्जना भएको थियो ।

अन्तिम ओभरको पहिलो बलमा नै मार्को यान्सनले छक्का प्रहार गरेपछि दक्षिण अफ्रिका विजयी भयो । यान्सनले १४ बलमा २० रन बनाएर अविजित रहे ।

दक्षिण अफ्रिकाले लक्ष्य पछ्याउने क्रममा इनिङको सुरुवातमै वर्षाले खेल प्रभावित भएपछि २० ओभरमा १ सय ३६ रनको लक्ष्य संशोधित भई १७ ओभरमा १ सय २३ रन भएको थियो ।

दक्षिण अफ्रिकाका ट्रिस्टन स्टब्सले २७ बलमा २९ रन बनाएका थिए । हेनरिक क्लासेनले १० बलमा २२ रन बनाउँदा मार्क्रमले १८ रन जोडे ।

वेस्ट इन्डिजका लागि रोस्टन चेज एक्लैले ३ विकेट लिएका थिए भने आन्द्रे रसेल र अल्जारी जोसेफले समान २-२ विकेट लिए ।

एन्टीग्वामा टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय मिटर ३५ रन बनाएको थियो । वेस्ट इन्डिजको लागि रोस्टन चेजले ४२ बलमा ३ चौका र २ छक्का सहित सर्वाधिक ५२ रन बनाए । काइल माएर्सले ३४ बलमा ३५ रन बनाए भने आन्द्रे रसेलले ९ बलमा १५ रन जोडे ।

दक्षिण अफ्रिकाका तब्रेज शम्शीले ३ विकेट लिए भने मार्को यान्सन, एइडन मार्क्रम, केशव महाराज र कागीसो रबाडाले समान १-१ विकेट लिए ।

सुपर एट समूह २ बाट यसअघि नै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरिसकेको थियो । इङ्ल्यान्डले ३ खेलमा ४ अंक हासिल गरेको थियो । दक्षिण अफ्रिकाको भने ३ खेलमा ६ अंक नै रह्यो । वेस्ट इन्डिज २ र अमेरिका बिना अंक बाहिरिएका छन् ।

March 6, 2025

विश्व कप लिग टु – क्यानडा र नेदरल्याण्ड्सको खेल रद्द

एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]

March 5, 2025

न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो  ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको  थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]

March 5, 2025

रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा

काठमाडौं (हाम्रो खेलकुद)- सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधवार एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरे ।ललितपुर महानगरपालिका वडा २ स्थित सानेपामै खोलिएको एकेडेमी करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको छ । एकेडेमी तयार गर्न करिब ३० लाख रुपैयाँ खर्च भएको एकेडेमीले जनाएको छ । […]

Success

Thank you for your time.