default_image

9 months ago

June 22, 2024

बंगलादेशलाई हराउँदै भारत सेमिफाइनल नजिक

4713 views

0 Bookmark

एजेन्सी – भारत आइसिसी टि-२० विश्वकपको सेमिफाइनलको निकै नजिक पुगेको छ । सुपर एट चरण अन्तर्गत बंगलादेश माथि ५० रनको फराकिलो जित दर्ता गर्दै भारत सेमिफाइनलको निकै नजिक पुगेको हो ।

आईतवार बिहान अष्ट्रेलियाले अफगानिस्तान माथि जित दर्ता गरेका भारतको सेमिफाइनलमा स्थान पक्का हुनेछ । सो नतिजा आएमा भारत र अष्ट्रेलिया बीचको खेलले समूह विजेता निर्धारण गर्नेछ ।

एन्टीगुवामा भएको खेलमा भारतले दिएको १९७ रनको विशाल।लक्ष्य पछ्याएको बंगलादेशले ८ विकेटको क्षतिमा १४६ रन मात्र बनाउन सक्यो । बंगलादेशका कप्तान नाज्मुल हसन शान्टोले ३२ बलमा १ चौका र ३ छक्का सहित सर्वाधिक ४० रन बनाए । तान्जिद हसनले २९ तथा तल्लोक्रमका ऋषाद होसेनले २४ रन जोडे । अन्य ब्याटर भने चल्न सकेनन् ।

भारतका लागि कुलदीप यादवले ३ तथा अर्शदिप सिंह र जसपृत बुम्राहले समान २-२ विकेट लिए । १ विकेट हार्दिक पन्ड्याको नाममा रह्यो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९६ रन बनायो । भारतका लागि पन्ड्याले २७ बलमा ४ चौका र ३ छक्का सहित सर्वाधिक ५० रन बनाए । विराट कोहलीले ३७, ऋषभ पन्तले ३६, शिभम दुबेले ३४ र कप्तान रोहित शर्माले २३ रन जोडे ।

बंगलादेशका तान्जिम हसन सकिब र ऋषाद होसेनले २-२ तथा शाकिब अल हसनले १ विकेट लिएका थिए ।

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो । मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ […]

March 6, 2025

विश्व कप लिग टु – क्यानडा र नेदरल्याण्ड्सको खेल रद्द

एजेन्सी – विश्व कप लिग टु अन्तगर्त क्यानडा र नेदरल्याण्ड्सबीचको खेल वर्षाका कारण रद्द भएको छ । नामिबियामा जारी त्रिकोणात्मक सिरिजमा बुधवार हुनुपर्ने क्यानडा र नेदरल्याण्ड्सबीचको खेल टस समेत नभई रद्द भएको हो । नेपालसहित ८ टोली सहभागी लिग टु क्यानडा १३ खेलमा १७ अंकका साथ तेस्रो स्थानमा छ । समान खेलमा १५ अंकका साथ […]

March 5, 2025

न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा

एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो  ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको  थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]

Success

Thank you for your time.