default_image

8 years ago

February 4, 2017

एक्सपर्ट स्कुल क्रिकेट लिग यसै महिना सुरु हुने

100 views

0 Bookmark

चितवन (हाम्रो खेलकुद)– हिमालयन क्रिकेट एकेडेमी (एचसिए) ले एक्सपर्ट स्कुल क्रिकेट लिग चितवन २०१७ आयोजना गर्ने भएको छ । देशभरका ८ मुख्य शहरमा हुने प्रतियोगिता माघ २८ गतेबाट चितवनमा पनि हुन लागेको हो । विशाल चौकस्थित नौ बिगाहा मैदानमा पहिलो चरणका खेल हुने बताइएको छ ।

school-cricket

प्रतियोगितामा पहिलो चरणमा चितवन र यस आसपासका स्कुलहरूले सहभागिता जनाउने छन् । यसको विजेता अन्तिम चरणलाई छानिनेछ । पहिलो चरणमा यस क्षेत्रको विजेतालाई १ लाख र उपविजेतालाई ५० हजार बराबरको खेल सामग्री प्रदान गरिने छ । चितवन र आसपासका १२ भन्दा बढी विद्यालयले भाग लिने आयोजकको दाबी छ ।
प्रतियोगिताका उत्कृष्ट १५ खेलाडीलाई सिसिआरसी कलेजमा अध्ययन र एचसिएमा प्रशिक्षण व्यवस्था मिलाइने आयोजक एनसिएका संस्थपक सुवास प्रधानले जानकारी दिए । उत्कष्ट खेलाडीलाई खेल सामग्री प्रदान गर्नुका साथै अप्रिलमा बंगलादेश भ्रमणमा एक्सपोजर दिन तयारी रहेको प्रधानले बताए ।
पढेर मात्र होइन खेलेर पनि छात्रवृत्ति पाइन्छ भनेर अभिभावकलाई बुझाउने प्रयासका लागि प्रतियोगिता आयोजना गरिएको प्रधानले बताए । नेपाली क्रिकेटका लागि स्थानीय स्तरको प्रतियोगिता जरुरी भएकाले विद्यालय क्षेत्र रोजेको उनले थपे । माघ २० गतेदेखि कञ्चनपुरबाट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको प्रायोजकमा एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज रहेको छ । त्यसका चितवन निर्देशक डिल्लीराम अधिकारीले प्रतियोगितालाई स्तरीय बनाउन आफ्नो संस्थाले सक्दो प्रयास गर्ने बताए ।

school-cricket-1

February 2, 2025

यु १९ महिला विश्व कप – भारत दोस्रो पटक च्याम्पियन

काठमाडौं(हाम्रो खेलकुद) – दक्षिण अफ्रिकालाई हराउँदै भारत लगातार दोस्रो पटक आइसिसी यु-१९ महिला टि ट्वान्टी विश्व कपको च्याम्पियन बनेको छ । आइतबार मलेसियाको बायोमास ओभलमा सम्पन्न फाइनलमा दक्षिण अफ्रिकामाथि भारतले ९ विकेटको सहज जित निकालेको हो । दक्षिण अफ्रिकाले दिएको ८३ रनको सामान्य लक्ष्य भारतले ११.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । भारतका लागि […]

February 2, 2025

ग्रेट हिमालयनको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – ग्रेट हिमालय क्रिकेट एकेडेमीले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटमा लगातार दोस्रो जित निकालेको छ । दोस्रो खेलमा आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा ग्रेट हिमालयले एन्जल्स स्पोर्टस् एकेडेमीलाई ६४ रनको फराकिलो अन्तरले पराजित गर्यो । पहिलो खेलमा ग्रेट हिमालयले हिमालयन क्रिकेट एकेडेमी ‘ए’ लाई हराएको थियो । ग्रेट हिमालयले दिएको […]

February 2, 2025

अर्जुन ट्रफी – धनगढीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा धनगढी क्रिकेट एकेडेमी(डिसिए) ले पहिलो जित हात पारेको छ । दोस्रो खेलमा पहिलो जित हात पार्ने क्रममा डिसिएले सुर्खेतको घोडाघोडी-११ लाई ६९ रनले पराजित गर्यो । डिसिएले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको घोडाघोडी १६.५ ओभरमा ८० रनमा समेटियो । घोडाघोडीका लागि टेक रावतले १८ […]

Success

Thank you for your time.