default_image

8 months ago

June 22, 2024

रोहितले पहिलो पटक फ्रान्चाइज लिग खेल्ने

3127 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल पहिलो पटक फ्रान्चाइज टि-२० लिग खेल्ने भएका छन् । रोहितले क्यानडियन ग्लोबल टि-२० लिग टोली टोरोन्टो नेशनल्सबाट खेल्ने भएका हुन् ।

शनिबार बिहान सम्पन्न खेलाडी ड्राफ्टमा रोहितलाई टोरोन्टोले लिन सफल भएको हो । रोहित बाहेक टोरोन्टोमा पाकिस्तानका तीब्र गतिका बलर शाहीन शाह अफ्रिदी समेत रहेका छन् ।

न्यूजिल्यान्डका कोलिन मन्रो, वेस्ट इन्डिजका रोमारियो शेफर्ड र दक्षिण अफ्रिकाका र्यासी भ्यान डर डसन समेत टोरोन्टोमा रहेका छन् ।

यस्तै पाकिस्तानका स्पिनर मोहम्मद नवाज, बंगलादेशमा ऋषाद होसेन, अमेरिकाका आन्द्रेस गुस र क्यानडाका कप्तान साद बिन जफरलाई पनि टोरोन्टोले अनुबन्ध गरेको छ ।

रोहित बाहेक नेपालका सन्दिप लामिछाने र दीपेन्द्र सिंह ऐरी समेत आउँदो सिजनको ग्लोबल टि-२० खेल्नेछन् । यस संस्करणको लिग जुलाई २५ देखि सुरु हुँदैछ ।

February 5, 2025

शुभको अर्धशतकमा सिइसीको पहिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

February 5, 2025

पूजाको अर्धशतकमा नेपालको विशाल योगफल

काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको सहयोगमा नेपालले नेदरल्याण्ड्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदान बुधवार जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो । नेपालका लागि पूजाले नट आउट रहँदै सर्वाधिक ६२ रन जोडिन् । उनले ५१ बलमा ५ चौका प्रहार गरिन् । […]

February 5, 2025

नेपालले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ रोजेको हो । नेपाली टोलीमा १ परिवर्तन भएको छ । मंगलवार थाइल्याण्डसँगको खेलमा खेलेकी अलिशा कुमारी यादवको स्थानमा सिता राना मगरले मौका पाएकी छिन् । दुवै टोली सिरिजमा तेस्रो […]

Success

Thank you for your time.